Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ अख्तियार प्रमुखलाई २ सय वर्ष बाँच्न शुभकामना दिँदै मालपोत कर्मचारीले गरे आत्महत्या
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अख्तियार प्रमुखलाई २ सय वर्ष बाँच्न शुभकामना दिँदै मालपोत कर्मचारीले गरे आत्महत्या

संसारपोस्ट संवाददाता · २७ श्रावण २०७६ · 0
अख्तियार प्रमुखलाई २ सय वर्ष बाँच्न शुभकामना दिँदै मालपोत कर्मचारीले गरे आत्महत्या
120
SHARES
ShareTweet

काठमाडौँ २७ साउन। भ्रष्टाचार आरोप लागेका एक जना मालपोत कर्मचारीले आत्महत्या गरेका छन् । त्रियुगा नगरपालिका १० का ५५ वर्षीय पूर्वनायव सुब्बा हरिप्रसाद आर्चायले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा धाइरहेका थिए । आफू निर्दोष भएपनि भ्रष्टाचारको आरोप लागेको बताउदै दुई पाना लामो सुसाईडनोट लेख्दै आचार्यले आत्महत्या गरेका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका ९ स्थित रातामाटेको जंगलमा उनले झुन्डिएर आत्महत्या गरेका छन् । झापाबाट मालपोत कार्यालय काठमाडौं कलंकी हुँदै उनी कर्मचारी समायोजनका क्रममा उदयपुरको त्रियुगा नगरपालिका पुगेका थिए । उनले नोटमा अख्तियार प्रमुख नवीनकुमार घिमिरेको आयु दुई सय वर्ष होस भन्दै आपूले अहिलेसम्म भ्रष्टचार नगरेको बताएको प्रहरीले जनाएको छ । आफूले गर्दै नगरेको आरोप लाग्दा आत्महत्याको बाटो रोजेको आचार्यले नोटमा लेखेका छन् ।

आचार्यले नोटमा लेखेका छन् , ‘म कसैको दुई रुपैयाँसमेत नखाने चोखो मान्छेलाई भ्रष्टाचारी बनाउन खोजियो। अहिलेसम्म कसैको एक पैसा हिनामिना गरेको छैन, भ्रष्टाचार गर्ने कुरा त परै जाओस्। मलाई भ्रष्टाचारी देख्ने अख्तियार प्रमुख नवीनकुमार घिमिरेज्यू, २ सय वर्ष बाँच्नुस्, शुभकामना ,’ ।

उदयपुर पुगेका उनी एक्कासी सम्पर्क विहिन भएपछि खाजीकार्य गर्ने क्रममा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

गत जेठमा ९२ रोपनी सरकारी जग्गा कीर्ते गरी हाउजिङका नाममा नामसारी गरेको आरोपमा नायब सुब्बा आचार्यसहित कलंकी मालपोतका अधिकृत शिवप्रसाद रिमाल, नक्कली जग्गाधनी मीनाकुमारी थापा, सुयल हाउजिङका सञ्चालक रामकुमार सुयल थापा, मीनाकुमारी थापाका वारेश दीपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम ९शर्मा० रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेलविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो।

पोष्टमार्टम पछि उनको शव आफन्तले बुझको र आइतबार नै अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

वन र वन्यजन्तु संरक्षणका लागि रुपन्देहीमा अभियान शुरु

Next Post ≫

सिद्धार्थनगर नगरपालिकामा बृक्षारोपण अभियान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क