Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ पर्यटन ≫ वन र वन्यजन्तु संरक्षणका लागि रुपन्देहीमा अभियान शुरु
वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको अरुण खोलामा सडक अवरुद्ध

वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले गर्यो स्थापना दिवशमा मानविय सेवा सहित पर्यटकीय स्थलको सरसफाई

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
सिद्धार्थनगरको बजेट १ अर्ब ३४ करोड, संस्थागत विकास, सुशासन र नागरिकमैत्री सेवा प्रवाह प्राथमिकतामा

सिद्धार्थनगरको बजेट १ अर्ब ३४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

वन र वन्यजन्तु संरक्षणका लागि रुपन्देहीमा अभियान शुरु

संसारपोस्ट संवाददाता · २७ श्रावण २०७६ · 0
वन र वन्यजन्तु संरक्षणका लागि रुपन्देहीमा अभियान शुरु
80
SHARES
ShareTweet

बुटवल २७ साउन ।
प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले वन तथा वन्यजन्तुको संरक्षण गर्ने उद्देश्यले अभियान शुरु गर्न अनुसन्धानको थालनी गरेको छ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं. २ र ३ मा रहेको सामुदायिक वनमा अनुसन्धान सुरु गरिएको प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिनु भयो ।
पहिलो चरणमा प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले डिभिजन वन कार्यालय, रोहिणी गाउँपालिका, रोहिणी सामुदायिक वन उपभोक्ता समिति र गौतमवुद्ध सामुदायिक वन उपभोत्ता समितिलाई समेटेर कार्यक्रम संचालन गर्ने गरि सम्झौता गरेको छ ।
घट्दै गएको जैविक विविधता र हरित स्थलको कारण वासिन्दाहरुमा स्वच्छ हावा तथा जीवनस्तरमा प्रत्यक्ष असर पर्न थालेको तथ्यहरुलाई मनन् गर्दै, जलबायु परिवर्तनका नकारात्मक असरहरुसंग जुध्नका लागि हामीले यो सम्झौता गरेका हौं’, प्रष्ठिानकी अध्यक्ष केसीले भन्नु भयो ।
रोहिणीमा आयोजित कार्यक्रममा यी पाँच पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर गरि नदी प्रणाली, त्यहाँ रहेका जलचर, वन्यजन्तु वनस्पती लगायतका जैवीक विविधता र समुदायको रहन सहन, संस्कृतिलाई दीगोरुपमा संरक्षणका लागि सहकार्य गरी सार्थक लक्ष्य हासिल गर्न सवै पक्ष सहमत भएका छन ।
सम्झौतामा गाउँपालिकाको तर्फबाट अध्यक्ष सनोजकुमार यादव, प्रतिठानको तर्फबाट अध्यक्ष विजया केसी, वन डिभिजनका तर्फबाट प्रमुख इन्द्रबहादुर पछाई, रोहिणी वन उपभोक्ता समितका तर्फबाट अध्यक्ष रामचन्द्र मल्लाह, गौतमुबद्धको तर्फबाट अध्यक्ष माधव कुर्मीले हस्ताक्षर गर्नु भएकोे छ् ।
प्रतिष्ठानले रोहिणी नदी किनारमा रहेको रोहिणी सामुदायिक वनको ९.२५ हेक्टर क्षेत्रफल र गौतम वुद्ध सामुदायिक वनको ९.८९ हेक्टर क्षेत्रफलमा पर्ने वनको क्षेत्र कायम, वचावट तथा पुनस्र्थापना गर्न यहाँका संस्थाहरुसँग हातेमालो गर्ने छ । ‘बर्सेनि वन क्षेत्र मासिँदै छ, वन्यजन्तुको वासस्थान लोप हुँदै गएको छ । यसले मानव स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पारेको छ । यस्तो अवस्था प्रतिष्ठानले थालेको अनुसन्धान र संरक्षण अभियानले वन र वन्यजन्तु बचाउनु महत्वपूर्ण भूमिका खेल्नेछ’, डिभिजन वनका प्रमुख पछाईले भन्नु भयो ।
प्रतिष्ठानले पहिलो चरणमा वनको संरक्षण दीर्घकालीन योजना, वन्यजन्तुको वासस्थान, त्यहाँ बस्न सक्ने जीवजन्तुको तथ्यांक संकलन, वन संरक्षण नीति, स्थानीय साझेदारी, स्थानीयको भूमिका, जलवायु परिवर्तन र त्यसले मानव एवं वन्यजन्तुमा पार्ने प्रभाव, हरित गृह निर्माण, पर्यटन प्रबद्र्धन योजना, वातवरणीय, जैविक र सामुदायिक मूल्यांकन, कार्यक्रम संचालन गर्न स्रोत पहिचान, शिक्षा, अुसन्धान, वातावरणीय जैविकता र पर्यावरणीय नैतिकताको विकास, अवलोकन स्थल, सिमसार, चरा आश्रय, नयाँ प्रजातिको परिचय, आश्रय क्षेत्रको अध्ययन र सम्भावना लगायत विषयवस्तुलाई समेटेर गुरुयोजना निर्माण सुरु गरेको छ ।
‘छिट्टै गुरुयोजना बनाएर यसलाई कार्यान्वयनमा लैजान्छौं’, कार्यकारी निर्देशक थापाले भन्नु भयो, पाँच पक्षबीच वन क्षेत्र संरक्षण, चराचुरुङ्गीको प्राकृतिक वासस्थान निर्माण, मानवीय क्रियाकलाप व्यवस्थित गर्न, वनलाई पर्यावरणी रुपमा विकास गर्न, सहरी वन्यजन्तुको आश्रय सिर्जना गरिने भए पछि यहाँका स्थानीय, वन संरक्षण अभियन्ता, वातावरण विज्ञ, चरा विद्, वन्यजन्तुविद् खुशी भएका छन् । यहाँका वनमा २० भन्दा बढी प्रजातिका चराचुरुङगी भएको बताइन्छ । यस्तै, नील गाई, दुम्सी, सर्प, गोही समेत रहेको जनाइएको छ ।

≪ Previous Post

पश्चिम नेपाल बस ब्यबसायी प्रालिमा ८५ जनाले गरे रक्तदान

Next Post ≫

अख्तियार प्रमुखलाई २ सय वर्ष बाँच्न शुभकामना दिँदै मालपोत कर्मचारीले गरे आत्महत्या

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क