Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आर्थिक संकट सुधारका लागि अभियान संचालन गर्न लेखा परिक्षक र चाटर एकाउन्टेण्टहरुलाई सुझाव
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आर्थिक संकट सुधारका लागि अभियान संचालन गर्न लेखा परिक्षक र चाटर एकाउन्टेण्टहरुलाई सुझाव

संसारपोस्ट संवाददाता · ११ चैत्र २०८१ · 0
आर्थिक संकट सुधारका लागि अभियान संचालन गर्न लेखा परिक्षक र चाटर एकाउन्टेण्टहरुलाई सुझाव
130
SHARES
ShareTweet

बुटवल । राज्यमा देखा परेको आर्थिक संकटलाई सुधार गर्नकालागि अभियान संचालन गर्न सरोकारवालाहरुले लेखा परिक्षक (अडिटर्स ) र चाटर एकाउन्टेन्टहरुलाई सुझाव दिएका छन् ।
नेपाल अडिटर्स एशोसिएसन (अडान) रुपन्देहीको ७ औं जिल्ला अधिबेशन उद्घाटन समारोहमा वोल्ने वक्ताहरुले आर्थिक क्षेत्रमा देशले वाटो विराएको प्रसंग उल्लेख गर्दै आर्थिक आचरणलाई कसरी सुधार गर्न सकिन्छ भन्ने वारेमा अडिटर्स र चाटर एकाउन्टेन्टहरु गम्भिर हुन जरुरी रहेको औल्याए ।
समाजमा व्यवसायी तथा वित्तिय अनुशासन कायम गराउने अभियानमा अडिटर्स र चाटर एकाउन्टेन्टहरुको भूमिका महत्वपुर्ण भएकाले व्यक्तिको आचरणलाई केन्द्रमा राखेर उनीहरुको आम्दानीलाई भेरी फिकेशन गर्न पनि उनीहरुले सुझाव दिएका छन् ।
कार्यक्रममा नेपाल अडिटर्स एशोसिएसनका केन्द्रीय अध्यक्ष केदारनाथ पौडेलले व्यवसायी र सरकारी कार्यालयवाट लेखा परीक्षक चेपुवामा परेको बताउंदै दक्ष जनशक्ति अभावले गर्दा काममा समस्या हुनेगरेको गुनासो गर्नुभयो । उहांले अडिटर्स र चाटर एकाउन्टेन्टहरुलाई पछिल्लो समय काममा निकै ठुलो चुनौती रहेको र कुन वेला हतकडी लाग्ने हो भन्ने भए र त्रासका विचमा काम गर्नु परिरहेको गुनासो गर्नुभयो । विसं २०५९ साल देखि बन्द रहेको अडिटर्सको लाईसेनको आवेदन नखुलाउंदा बजारमा दक्ष कामदार पाउन समस्या रहेको उहांको भनाई छ ।
नेपाल अडिटर्स एशोसिएसनका केन्द्रिय सल्लाहकार संयोजक मोहनराज रेग्मीले पेशालाई मर्यादित बनाउन अडान लागि परेको जिकिर गर्नुभयो ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय बुटवलका प्रमुख टिकाराम गैरे र आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख प्रेमराज पोखरेलले करदातालाई ईमानदार बनाउने काममा अडिटर्सहरुले गम्भिर भएर काम गर्न सुझावदिनु भयो ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका महासचिव मुक्तिप्रसाद अधिकारी, रुपन्देही उद्योग संघका उपाध्यक्ष हरिबहादुर खत्री, रुपन्देही व्यापार संघका उपाध्यक्ष दयाराम भण्डारीलगायतले बोल्दै मुलुकको असहज परिस्थितिको मुल्याँकन गर्दै ब्यवसायीहरुलाई सहजीकरण गर्न कर प्रशासनलाई सुझाव दिनुभयो ।
कार्यक्रममा चाटर एकाउन्टेन्ट संघ बुटवलका अध्यक्ष कमल ज्ञवाली र संयोजक शिवहरी शर्माले समाजमा व्यवसायी तथा वित्तिय अनुशासन कायम गराउने संस्था अडिटर्स र चाटर एकाउन्टेन्टहरु भएकाले यसमा पारदर्शी ढंगले ब्यवसायीहरुले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।
अडानका रुपन्देही अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अडान लुम्बिनी प्रदेशका अध्यक्ष ओमबहादुर मल्ल, अडान रुपन्देहीका सचिव कृष्णप्रसाद न्यौपाने लगायतले बोल्दै संघले गरेका कामको वारेमा प्रकाश पार्नु भएको थियो ।
अडानको अधिबेशनले पुनः रामप्रसाद पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयां नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा कौशल कुमार कर्ण, सचिवमा कृष्णप्रसाद न्यौपाने, कोषाध्यक्षमा दीपक न्यौपाने र सहसचिवमा रामप्रसाद पाण्डे पुनः चयन हुनुभएको छ ।

≪ Previous Post

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट : नेपाल पुलिस फाइनलमा

Next Post ≫

लुम्बिनी विकास कोषका विद्युतीय गाडीको नम्बरप्लेट हरियो बनाउन उच्च अदालत बुटवलको परमादेश

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क