Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट : नेपाल पुलिस फाइनलमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट : नेपाल पुलिस फाइनलमा

संसारपोस्ट संवाददाता · ११ चैत्र २०८१ · 0
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट : नेपाल पुलिस फाइनलमा
90
SHARES
ShareTweet

भैरहवा । नेपाल पुलिस क्लब जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । पुलिसले मंगलबार कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्दै फाइनल यात्रा पक्का गरेको हो ।
स्पिनर ललितनारायण राजवंशीको कीर्तिमानी बलिङमा पुलिसले लगातार आठौं जित हासिल गर्दै फाइनल पुगेको हो । दाङको लमही स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४८ ओभरमा अलआउट हुँदै १ सय ४७ रन बनाएको थियो । पुलिसका लागि अर्जुन साउद, दीलिप नाथ, सागर ढकाल बाहेक कुनै पनि ब्याटर चलेनन् । ओपनर अर्जुनले ६० बलमा ४ चौका र १ छक्काका साथ ३६ रन बनाए । ५९ बल खेलेका दीलिपले २ चौकासहित ३४ रन बनाए । सागर २८ बलमा १ चौकासहित २२ रनमा नटआउट रहे । श्रवण यादवले ११ रन बनाए भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । अर्का ओपनर कुशल भुर्तेलले १ रन जोडे भने कप्तान दीपेन्द्रसिंह ऐरीले खाता समेत खोल्न सकेनन् ।
कर्णालीका अनुज चनारा र दिवान पुनले किफायती बलिङ गरे । अनुजले १० ओभरमा २ मेडन राखेर २९ खर्चंदै ४ विकेट लिए । दिवानले १० ओभरमा १ मेडनसहित २१ रन खर्चेर ३ विकेट लिए । दीनेश अधिकारी, दीपेन्द्र राउत र सुनिल धमलाले समान १–१ विकेट लिए ।
१ सय ४८ रनको लक्ष्य पछ्याएको कर्णाली २४ ओभरमा १ सय ३ रनमा समेटियो । कर्णालीका लागि ओपनर रविन्द्रजंग शाहीले ३२ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ४९ रन जोडे । मध्यक्रमका ब्याटर अर्जुन घर्तीले ४२ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३० रन बनाए । कर्णालीका ३ ब्याटरले रनको खाता नै खोल्न सकेनन् ।
कर्णालीको इनिङ धराशायी बनाउने क्रममा ललितले ९ ओभरमा ४१ रन खर्चिएर ६ विकेट लिए । यसका साथै ललित पिएम कपको इतिहासमा १ सय विकेट पूरा गर्ने पहिलो बलर समेत बनेका छन् । सन् २०१७ बाट पिएम सुरु भएयता ललितले ४० इनिङमा यो सफलता प्राप्त गरेका हुन् ।


पिएम कपमा मंगलवार कर्णाली प्रदेशविरुद्ध १६औं ओभरको अन्तिम बलमा कप्तान दिवान पुनको विकेट लिँदै उनले सयौं विकेट पूरा गरेका हुन् । पिएम कपको इतिहासमा त्रिभुवन आर्मी क्लबका शाहब आलम ९९ विकेटका साथ दोस्रो स्थानमा छन् । सुदूरपश्चिम प्रदेशका शेर मल्ल ६९ विकेटका साथ तेस्रो स्थानमा छन् ।
ललित जारी पिएम कपमा पनि सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् । उनले ८ खेलमा ३६ विकेट लिइसकेका छन् । यस्तै, सागर ढकालले २ तथा करण केसीले १ विकेट लिए । अपराजित पुलिस १६ अंकसहित फाइनलमा पुगेको छ । पुलिस लिग चरणको अन्तिम खेल बिहीवार १४ अंकसहित दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । ८ खेलमा एपीएफ १२ अंकसहित तेस्रो स्थानमा छ । पुलिस फाइनल पुग्ने पहिलो टोली बनेको छ । आर्मी र एपिएफ मध्ये एक टोली फाइनलमा पुग्नेछ । कर्णालीले ९ खेलमा ४ जित र ५ हार सहित पाँचौ स्थानमा रहेर पिएम कपको अन्त्य गरेको छ ।

यस्तै, मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा मधेशका विशाल पटेलले ६ विकेट लिएपछि सुदूरपश्चिम ४४ रनले पराजित भएको हो । टस जितेर पहिला ब्याटिङ गरेको मधेशले ४२.३ ओभरमा सबै विकेट गुमाएर १ सय २ रनको सामान्य योगफल खडा गरेको थियो । मधेशका प्रदिप पासवानले नटआउट २३, पवन सर्राफले १९, दिपेश दास र रुपेश सिंहले समान १२–१२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान अनिल शाह रनको खाता नखोल्दै आउट भए ।
सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्लले मधेशको ब्याटिङ लाइनलाई ध्वस्त पारे । शेरले १० ओभरमा ६ मेडनसहित ५ रन दिएर ४ विकेट लिए । हेमन्तले ५.३ ओभरमा १ मेडन राखेर ११ रन खर्चदै ४ विकेट झारे । नारायण जोशी र विकास अग्रीले समान १–१ विकेट लिए ।
जवाफमा १ सय ३ रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिम २९ ओभरमा ५८ रनमा अलआउट भयो । सुदूरपश्चिमका लागि तल्लोक्रमका ब्याटर हेमन्त धामीले ३३ बलमा सर्वाधिक १९ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । टोलीका ५ ब्याटरले रनको खाता नै खोल्न सकेनन् ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न मधेशका विशालले ५ ओभरमा १७ रन खर्चिएर ६ विकेट लिए । प्रदिप पासवानले ३ र रुपेश सिंहले १ विकेट हात पारे । जितसँगै मधेशले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । मधेशको ८ खेलबाट ६ अंक भएको छ । सुदूरपश्चिमले ९ खेलमा ६ हारका साथ प्रधानमन्त्री कपको यात्रा टुंगिएको छ ।

≪ Previous Post

भन्सार छलेर ल्याइएको ठूलो परिमाणको अवैध मदिरा बुटवलमा बरामद

Next Post ≫

आर्थिक संकट सुधारका लागि अभियान संचालन गर्न लेखा परिक्षक र चाटर एकाउन्टेण्टहरुलाई सुझाव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क