Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ साउन महिनाको अन्तिम सोमबार शिवालयहरुमा श्रद्दालुहरुको भीड
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

साउन महिनाको अन्तिम सोमबार शिवालयहरुमा श्रद्दालुहरुको भीड

संसारपोस्ट संवाददाता · २७ श्रावण २०७६ · 0
साउन महिनाको अन्तिम सोमबार शिवालयहरुमा श्रद्दालुहरुको भीड
70
SHARES
ShareTweet


बुटवल, २७ साउन । आज साउन महिनाको अन्तिम सोमबार । देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनहरुको बिहानै देखि घुइचो लागेको छ ।
साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्ने गर्दछन् ।
रुपन्देही जिल्ला सैनामैना नगरपालिकामा अवस्थित स्वयं उत्पत्तिमान पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा पनि सोमबार बिहानै देखि नै भक्तजनको घुइचो लागेको थियो । अन्य सोमबार जस्तै आज पनि श्रद्धालु भक्तजनहरुले बिहानै देखि लाईनबद्ध भएर बोलबम धाम मन्दिरमा जलार्पण गरेका पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामका अध्यक्ष रामबली चौधरीले जानकारी दिनुभयो ।
विशेष रुपमा साउन महिनाको सोमबार र शनिबारका दिन धाममा हजारौं भक्तजनहरु आउने गरेको धामका को घुइचो लाग्ने गरेको धामका अध्यक्ष चौधरीले जानकारी दिनुभयो । आज साउनको महिनाको अन्तिम सोमबार परेकाले पनि भक्तजनहरुको बिहानदखि नै घुइचो लागेको उहांले बताउनु भयो ।
बोल बम धाममा देवघाट, रिडी, त्रिबेणी, लक्ष्मण घाट लगायत विभिन्न धार्मिक स्थलका नदी तलाउहरुवाट बिशेष विधिपुर्वक ल्याइएको जल जलार्पण गर्ने गरिन्छ ।
आज पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्गमा जस्तै यस क्षेत्रका मुक्तिनाथ धाम, मोेक्ष धाम, नीलकण्ठ बाबा धाम, श्रृँगेश्वर धाम, तल्लो र माथिल्लो सिद्धबाबा धामलगायत विभिन्न शिवालय मन्दिरहरुमा पनि श्रद्धालु भक्तजनहरुको घुइचो लागेको छ ।
यस्तै काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुईंचो लागेको छ ।
पहेंलो बस्त्र लगाएका श्रद्धालुुहरु विहानैदेखि यस्ता तिर्थस्थलहरुमा लामबद्ध भएका थिए । खासगरि साउन महिनाको सोमबार बर्त बस्दा धेरै खालका फाईदा हुने धार्मिक विश्वाश पनि रहेको छ । यसका कारणले पनि अधिकांश महिलाहरु सोमबार निराहार वर्त बस्ने गर्दछन् । वर्त बसेका वर्तालुहरुका कारणले पनि शिवालयहरुमा बढि घुइचो लाग्ने गरेको हो ।

≪ Previous Post

शुभकामना आदानप्रदान गरी बकर इद मनाइदै

Next Post ≫

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क