Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ युवाहरूलाई जोड्ने कार्यक्रम लिएर जनतामा जान नेता कोइरालाको आग्रह
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

युवाहरूलाई जोड्ने कार्यक्रम लिएर जनतामा जान नेता कोइरालाको आग्रह

संसारपोस्ट संवाददाता · १९ फाल्गुन २०८१ · 0
युवाहरूलाई जोड्ने कार्यक्रम लिएर जनतामा जान नेता कोइरालाको आग्रह
90
SHARES
ShareTweet

बुटवल । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसका जनप्रतिनिधि तथा नेता कार्यकर्ताहरू युवालाई जोड्ने कार्यक्रम लिएर गाउँ गाउँमा जान आग्रह गर्नुभएको छ ।

पार्टीले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको एजेन्डा छाड्यो भन्ने हल्ला निराधार भएको भन्दै उहांले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद कांग्रेसको मूल मन्त्र भएको र यसलाई आत्मसात गरेर अगाडि बढेको उल्लेखगर्नुभयो ।

नेपाली कांग्रेसको सूचना संचार तथा प्रचार विभागद्वारा आइतबार बुटवलमा आयोजित ‘युवाहरूका लागि तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले भन्नुभयो–‘पार्टीको अवस्था कमजोर छैन । युवालाई जोड्ने कार्यक्रम लिएर गाउँ गाउँ जानुस् ।’

जनताको तागत लिएर कांग्रेस चुनावमा एक्लै प्रतिस्पर्धा गर्न सक्षम रहेको भन्दै उहांले कांग्रेस भित्रको आन्तरिक मतभेद त्यागेर एकतावद्व भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । महाधिवेशन सकिएपछि महाधिवेशनका तिक्तताहरू पालेर बस्न नहुने भन्दै नेता कोइरालाले अब तिक्तता त्यागेर कांग्रेसलाई थप बलियो बनाउन लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

मुलुक बनाउन युवाहरूको सोच परिवर्तन र मुलुकमा सुशासन स्थापित गर्न जरुरी रहेको भन्दै नेता कोइरालाले भन्नुभयोे–‘हामी नेपाली हौँ, नेपाल बनाउँछौँ भन्ने सोच युवामा हुनुप¥यो, यहाँबाट गएका युवाले कतार, दुबई, मलेसिया बनाए । हामी हाम्रै देश बनाउन किन सक्दैनौँ ।”

अर्का नेता एवम पूर्व गृहमन्त्री बालकृष्ण खाँणले कांग्रेसले सबैलाई समेटेर अगाडि बढ्दै आएको भन्दै कांग्रेसको विकल्प कांग्रेसनै भएको बताउनुभयो ।

कार्यक्रममा सहमहामन्त्री जीवन परियार, डा.मिनेन्द्र रिजाल, नेपाली कांग्रेस सूचना संचार तथा प्रचार विभागका संयोजक मिन विश्वकर्मा, नैनसिंह महर, लुम्बिनी प्रदेश उपसभापति राजु खनाल, भुवन श्रेष्ठ, बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेय, सहजकर्ताद्वय डा.जगत नेपाल, हरिबहादर थापालगायतले समसामयिक राजनीतिका विषयमा आआफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रम नेपाली कांग्रेसको सूचना संचार तथा प्रचार विभागका लुम्बिनी प्रदेश संयोजक हरिकला अधिकारी पाण्डेको सभापतित्वमा भएको थियो ।

≪ Previous Post

जनप्रतिनिधिका लागि लैंगिक विभेद तथा हिँसा बिरुद्ध सचेतना मुलक कार्यक्रम

Next Post ≫

सैनामैनामा आजदेखि सैनामैना गोल्डकप सुरु हुँदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क