Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ जनप्रतिनिधिका लागि लैंगिक विभेद तथा हिँसा बिरुद्ध सचेतना मुलक कार्यक्रम
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जनप्रतिनिधिका लागि लैंगिक विभेद तथा हिँसा बिरुद्ध सचेतना मुलक कार्यक्रम

संसारपोस्ट संवाददाता · १७ फाल्गुन २०८१ · 0
जनप्रतिनिधिका लागि लैंगिक विभेद तथा हिँसा बिरुद्ध सचेतना मुलक कार्यक्रम
100
SHARES
ShareTweet

तिलोत्तमा । सामाजिक बिकास मन्त्रालय, लुम्बिनी प्रदेश सरकारको आयोजनामा तिलोत्तमाका जनप्रतिनिधि एवम सरोकारवालाहरुका लागि एक दिने सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार होटल एसआरमा आयोजित सामाजिक रुपमा रहेका हानिकारक अभ्यास, लैंगिक विभेद तथा हिँसा बिरुद्ध सचेतना मुलक कार्यक्रममा बोल्ने बक्ताहरुले कानुनी उल्झन, सामाजिक अवस्था तथा पुरुषवादी चिन्तन लगायतका विभिन्न कारणले समाजमा हिँसा लगायतका विभिन्न घटनाहरुले प्रश्रय पाइरहेको बताए ।

महिला समुत्थान परियोजना अन्र्तगत आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिनाले घर घरबाटै विभेद र हिँसाका घटनाहरु हुने गरेको भन्दै यस्ता घटनाक्रम रोक्न सके धेरै हदसम्म लैँगिक विभेद र हिँसा विरुद्धका घटनाहरुमा कमी आउने बताउनुभयो । मन्त्री तिमिल्सिनाले समाजमा ब्याप्त बिकृति र विसंगतिहरु मध्येको एउटा ज्वलन्त मुद्दा सम्बोधन गर्न कार्यक्रम सहायक सिद्ध हुने उल्लेखगर्नुभयो ।
उहांले सबैखाले विभेदको अन्त्य गर्न एकजुट भएर लाग्न समाजका हरेक तह र तप्कालाई आग्रह समेत गर्नुभयो ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले कुनै पनि किसिमको विभेद र हिँसा तिलोत्तमा नगरपालिकामा स्वीकार्य नहुने भन्दै त्यस्ता घटनालाई शुन्य अभियानमा लैजानेगरी काम गर्न नगरपालिका कटिबद्ध रहेको बताउनुभयो ।

तिलोत्तमालाई लैँगिकमैत्री नगरपालिका बनाउने अभ्यास भैरहेको बताउंदै खाणले यसकालागि आम नगरवासीको साथ, सहयोग र समर्थन आवश्यक पर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले महिलामाथि हुने हिँसाका घटनाले समाजमा नराम्रो सन्देश छर्ने बताउनुभयो । उहांले सबैखाले हिँसा र विभेद बिरुद्ध लड्ने गरी तिलोत्तमा अघि बढ्न तैयार रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका प्रदेश सचिव अणप्रसाद न्यौपाने, बरिष्ठ महिला अधिकृत सम्झना सुबेदी, महिला तथा बालबालिका सेल रुपन्देहीका प्रमुख तथा प्रहरी निरिक्षक अमृता केसी, अधिबक्ता कुसुम अर्याल, महिला समुत्थान परियोजनाका विज्ञ छविलाल सुनार लगायतले प्रशिक्षण दिनुभएको थियो ।

यस्तै तिलोत्तमा नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सम्झना भण्डारी, नगर बाल संजालका अध्यक्ष बिबेक खड्का लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि एवँ महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

≪ Previous Post

मुलुकको विकास र समृद्धिका लागि दलहरूबीच नयाँ समझदारी आवश्यक : अध्यक्ष लिङ्देन

Next Post ≫

युवाहरूलाई जोड्ने कार्यक्रम लिएर जनतामा जान नेता कोइरालाको आग्रह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क