Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ मुलुकको विकास र समृद्धिका लागि दलहरूबीच नयाँ समझदारी आवश्यक : अध्यक्ष लिङ्देन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मुलुकको विकास र समृद्धिका लागि दलहरूबीच नयाँ समझदारी आवश्यक : अध्यक्ष लिङ्देन

संसारपोस्ट संवाददाता · १७ फाल्गुन २०८१ · 0
मुलुकको विकास र समृद्धिका लागि दलहरूबीच नयाँ समझदारी आवश्यक : अध्यक्ष लिङ्देन
120
SHARES
ShareTweet

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको विकास र समृद्धिका लागि दलहरूबीच नयाँ किसिमको समझदारी आवश्यक रहेको बताउनुभएको छ । उहांले त्यो समझदारी भनेको राजादेखि माओवादीसम्म अटाउने ब्यवस्था भएको बताउनुभयो ।

शनिबार बुटवलमा आयोजित लुम्बिनी प्रदेश स्तरीय आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कसैले कसैलाई निषेध गर्ने नभएर राजादेखि माओवादी समेत अटाउने ब्यवस्थासहितको समझदारी अहिलेको आवश्यकता भएको आंैल्याउनु भयो । उहांले त्यस्तो समझदारी गर्न तयार नभए मुलुकमा जनबिद्रोह हुने चेतावनीसमेत दिनुभयो ।

देश इतिहासकै कठिन मोडमा पुगेको भन्दै अध्यक्ष लिङ्देनले देश बनाउन नभएर भ्रष्टाचारको कारबाहीबाट बच्न ठूला दलहरुले गठबन्धन गरेको आरोप लगाउनुभयो ।
कांग्रेस,एमाले लगायतका दलहरूबाट देश बन्छ भनेर विश्वास गर्नु भनेको साडेको टाङ्मुनी बाल्टी थापेर दुधको अपेक्षा गर्नु सरह भएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष लिङ्देनले संवैधानिक राजसंस्था, हिन्दु राज्य, प्रदेश खारेज, कार्यकारी प्रधानमन्त्री र मुलुकमा विदेशी हस्तक्षेप रोक्नका लागि आन्दोलनको तयारीमा रहेको समेत बताउनुभयो ।
मुलुकमा ब्याप्त बिकृती बिसंगतीका बिरूद्व पार्टीले देशभर भण्डाफोर सभा गर्दै आएको भन्दै अध्यक्ष लिङ्देनले अवस्था बदल्नका लागि ब्यवस्था बदल्ने आन्दोलनको निमन्त्रणा दिन पनि आफुहरू बुटवल आएको उल्लेख गर्नुभयो । सात महिनाको अवधिमा सरकारले आशा जगाउने खालका कुनै काम गर्न नसकेको भन्दै अध्यक्ष लिङ्देनले कर्मचारीलाई तलब खुवाउन समेत ऋण लिनुपर्ने अवस्था रहेको बताउनुभयो ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष बिक्रम पाण्डेले आफुलाई गणतन्त्रवादी भन्नेहरूले देशका उद्योग धन्दा कौडीको भाउमा बेचेर युवाहरूलाई बिदेश पलायन गराउने र देशमा भएका युवाहरूको हातमा बन्दुक थमाएर देशलाई टाट पल्टाउने काम गरेको आरोप लगाउनुभयो ।

ठूला दलहरूका कारण देशको अस्थित्व संकटमा परेको भन्दै उहांले देशलाई कसैको प्रान्त बन्नबाट जोगाउन जनता जाग्नुपर्नेमा जोड दिनुभयो । मुलुकमा गणतन्त्र ल्याउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गर्दै उहांले जसरी गणतन्त्र ल्याउन सहयोग गर्नुभएको थियो त्यसैगरी राष्ट्र बचाउने आन्दोलनमा साथ दिन पत्रकारहरूलाई आग्रह गर्नुभयो ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली जनतासँग कि आन्दोलनमा होमिन तयार हुनुपर्ने या देश छाडेर बिदेश जानुको बिकल्प नभएको भन्दै ब्यवस्था बदल्ने आन्दोलनमा होमिन आग्रह गर्नुभयो ।

भ्रष्टाचार र अनियमितताका कारण मुलुक जर्जर भएको भन्दै प्रवक्ता शाहीले बंगलादेशमा शेख हसिनालाई जस्तै नेपालका नेताहरूलाई पनि लखेट्नुपर्ने बेला भएको बताउनुभयो । हामीले संसदबाट लखेटेका छौ शाहीले भन्नुभयो–‘तपाईंहरूले सडकबाट लखेट्नुस् ।’

राप्रपा केन्द्रीय सल्लाहकार समिति अध्यक्ष निरन्जन थापाले भूमि सम्बन्धि अध्यादेशमा टुंडिखेल समेत बिक्री गर्न सकिने ब्यवस्था रहेको भन्दै दलका नेताहरूले भ्रष्टाचार गरेको सम्पत्ति एक एक गरेर फिर्ता गराउने चेतावनी दिनुभयो । जनताको अवस्था बदल्न पार्टीले ब्यवस्था बदल्ने राजधानी केन्द्रित आन्दोलन गर्न लागेको भन्दै उहांले आन्दोलनमा सहभागी हुन जनतालाई आह्वान गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका नेताहरू ध्रुवबहादुर प्रधान, धवलशमसेर राणालगायतले बोल्दै गणतन्त्र र धर्मनिरपेक्षता ०६२–०६३ सालको जनआन्दोलनको ऐजेन्डा नै नरहेकोले अब जनताकै बलमा राजसंस्था र हिन्दु राज्य ल्याउने बेला आएको बताउनुभयो । आमसभा अघि बुटवलमा राप्रपाले बाजागाजा सहित प्रदर्शन गरेको थियो ।

≪ Previous Post

प्रथम सुनगाभा सैनामैना गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

Next Post ≫

जनप्रतिनिधिका लागि लैंगिक विभेद तथा हिँसा बिरुद्ध सचेतना मुलक कार्यक्रम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क