Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रथम सुनगाभा सैनामैना गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रथम सुनगाभा सैनामैना गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

संसारपोस्ट संवाददाता · १७ फाल्गुन २०८१ · 0
प्रथम सुनगाभा सैनामैना गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा
90
SHARES
ShareTweet

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका–४ मुर्गियास्थित फुटबल रङ्गशालामा हुने प्रथम सुनगाभा सैनामैना गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रतियोगिता फागुन १९ देखि २८ गतेसम्म सैनामैना रङ्गशालामा हुने र प्रतियोगितामा १० टिमको सहभागिता रहने छ ।

आयोजक सैनामैना फुटबल क्लबका खेल संयोजक अशोक खड्काका अनुसार प्रतियोगितामा डिजेङ्गी फूटबल क्लब सिक्किम भारत, गोरखा ब्वाइज फूटबल क्लब बुटवल, महावीर क्लब काठमाडौँ, एपीएफ क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, कपिलवस्तु ११ कपिलवस्तु, अभिषेक चर्च नवलपुर, हनामी बिएफसी चितवन, फर्सटिकट युथ क्लब रूपन्देही र आयोजक मुर्गिया फूटबल क्लब गरी १० टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेता टिमलाई सात लाख र उपविजेतालाई चार लाख रुपियाँ पुरस्कार तथा प्रमाणपत्र र कप प्रदान गरिनेछ । रुपन्देहीलाई खेल क्षेत्रको हव बनाउन र राष्ट्रिय स्तरका युवा खेलाडी उत्पादन गर्न प्रतियोगिता सहयोगी बन्ने आयोजकको भनाइ छ ।

प्रतियोगिता सम्पन्न गर्न ६० लाख रुपियाँ खर्च लाग्ने प्रतियोगिताका आर्थिक संयोजक गोपाल खड्काले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन खेल सोमबार आयोजक मुर्गिया फुटबल क्लब र गोर्खा ब्वाइज फूटवल क्लव बुटबलबिच हुनेछ ।

≪ Previous Post

रुपन्देहीको मायादेबीमा एक युवाको हत्या

Next Post ≫

मुलुकको विकास र समृद्धिका लागि दलहरूबीच नयाँ समझदारी आवश्यक : अध्यक्ष लिङ्देन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क