Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ग्रामीण विकास लघुवित्त संस्थाको स्वास्थ्य शिविरमा १ हजार बढि लाभान्वित
नेपाल प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

नेपाल प्रेस युनियनको विकास पत्रकारिता...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बिना दर्ता संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

बिना दर्ता संचालित भैरहवाका आठ...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
ज्यान मार्ने र बैकिङ कसूर मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने र बैकिङ कसूर...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ग्रामीण विकास लघुवित्त संस्थाको स्वास्थ्य शिविरमा १ हजार बढि लाभान्वित

संसारपोस्ट संवाददाता · २६ श्रावण २०७६ · 0
ग्रामीण विकास लघुवित्त संस्थाको स्वास्थ्य शिविरमा १ हजार बढि लाभान्वित
100
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, २६ साउन । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो पा“चौ वार्षिकोत्सवको अवसर पारेर संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रदेशहरूमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
संस्थाले प्रदेश नं. ५, रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकाको मंगलपुर, प्रदेश नं. २, महोत्तरी जिल्लाको मनरा सिसवा नगरपालिका र सूदुरपश्चिम प्रदेशको कैलाली जिल्लाको गौरीगंगा नगरपालिका, मसुरियामा एकै समयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त निःशुल्क स्वास्थ्य शिविरमा १ हजार ३० भन्दा बढी स्थानिय जनसमुदायले स्वास्थ्य परिक्षण गराई लाभान्वित भएका थिए ।
रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकाको मंगलपुरमा संचालन भएको निःशुल्क स्वास्थ्य शिविरमा स्त्री रोग, पाठेघरको क्यान्सर, हाडजोर्नी, सामान्य चिकित्सा र बाल रोग विशेषज्ञहरूद्धारा मंगलपुर, सूर्यपुरा, सग्रहवा, गिदैया, पौवा, मिनमिनवा, अमौली, धमौली, भैसहिया आसपास क्षेत्रका करिव ५३५ जना व्यक्तिहरूको स्वास्थ्य परिक्षण तथा ल्याव परिक्षण गरिएको थियो ।


यसैगरी क्षेत्रीय कार्यालय जनकपुर अनतर्गत महोत्तरी जिल्लाकोे मनरासिसवामा संचालन भएको निःशुल्क स्वास्थ्य शिविरमा करिव २६० जना, क्षेत्रीय कार्यालय धनगढी अन्तर्गत संचालन भएको निःशुल्क स्वास्थ्य शिविरमा करिव २३५ जना व्यक्तिहरूको स्वास्थ्य परीक्षणसँगै औषधी समेत निःशुल्क वितरण गरिएको थियो ।
रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकाको मंगलपुरमा संचालन भएको निःशुल्क स्वास्थ्य शिविरको संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले सुभारम्भ गर्दै स्थानिय जनसमुदायको घरदैलोमा यस संस्थाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराई लाभान्वित हुन सबैलाई आह्वान गर्नुभएको थियो ।


गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो पा“चौ वार्षिकोत्सवको अवसर पारेर यस क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकोमा संस्था प्रति आभार व्यक्त गर्नुभयो ।
यस्तै क्षेत्रीय कार्यालय जनकपुर अन्तर्गत संचालन भएको कार्यक्रममा क्षेत्रीय प्रवन्धक खड्गप्रसाद खतिवडा र क्षेत्रीय कार्यालय धनगढी अन्तर्गत संचालन भएको कार्यक्रममा क्षेत्रीय प्रवन्धक शैलेन्द्र राज जोशीले शिविरको शुभारम्भ गर्नुभएको थियो ।
रुपन्देहीको गैडहवा गाउँपालिकाको मंगलपुरमा संचालन भएको स्वास्थ्य शिविरमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज टिचिङ्ग हस्पिटल भैरहवाको प्राविधिक सहयोग रहेको थियो । यस्तै जनकपुरमा जानकी मेडिकल कलेज शिक्षण अस्पताल, जनकपुरधाम र धनगढीमा माया म ेट्रो हस्पिटलको प्राविधिक सहयोग रहेको थियो । यसैगरी संस्थाले प्रदेश नं.१, मोरङ्ग जिल्लाको बनिगामा यहि साउन २८ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएको छ ।

≪ Previous Post

डेढ करोडको लागतमा क्याफे एण्ड बार सञ्चालनमा

Next Post ≫

समृद्ध नगर बनाउन नगरवासीको भूमिका महत्वपूर्ण : नगरप्रमुख थापा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क