Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ शान्ति नमुनाको वार्षिकोत्सवमा रक्तदान, विज्ञान प्रदर्शनी र पढाई महोत्सव
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शान्ति नमुनाको वार्षिकोत्सवमा रक्तदान, विज्ञान प्रदर्शनी र पढाई महोत्सव

संसारपोस्ट संवाददाता · १८ माघ २०८१ · 0
शान्ति नमुनाको वार्षिकोत्सवमा रक्तदान, विज्ञान प्रदर्शनी र पढाई महोत्सव
90
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम गरिएको छ । कार्यक्रममा ३४ जनाले रक्तदान गरेको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी मणिग्राम उपशाखाका प्रमुख तथा विद्यालयका सल्लाहकार टेक बहादुर थापाले रक्तदानले कसैको ज्यान बचाउने मात्र नभई व्यक्तिलाई स्वस्थ रहन समेत मद्धत गर्ने बताउनुभयो ।
वार्षिकोत्सवकै अवसरमा शुक्रबार विज्ञान प्रदर्शनी कार्यक्रम गरिएको छ । कक्षा ११ र १२ का विद्यार्थीहरुको सहभागितामा भएको प्रदर्शनीमा १२ वटा स्टल रहेको कार्यक्रम संयोजक लिलाबल्लभ पााण्डेयले जानकारी दिनुभयो । यसैगरी कक्षा १–३ का विद्यार्थीहरु र उनीहरुको अभिभावकहरुको सहभागितामा पढाई महोत्सव भएको संयोजक बसन्ती भण्डारीले जानकारी दिनुभयो ।
यस्तै कक्षा ११–१२ तर्फ भएको वादविवाद प्रतियोगितामा करिष्मा यादव प्रथम, ताराप्रसाद बेल्वासे, द्वित्तीय र सम्भव बस्याल तृतीय भएका छन् । शिक्षक राजेन्द्र गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सुबोध खनाल, खेमेन्द्र थापा र गणेशप्रसाद ज्ञवालीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन भीम भुसालले गर्नुभएको थियो ।
यस्तै कविता लेखन प्रतियोगितामा विशाल गौतम प्रथम, प्रतिमा खनाल द्वित्तीय र रोजिना गैरै तृतीय भएका थिए ।
यसैबिच,आइसिटि प्रस्तुतीकरण प्रतियोगितामा कक्षा ६ मा कुञ्जन पौडेल प्रथम भएका छन् भने कक्षा ७ मा निश्चल चापागाईं प्रथम भएको संयोजक दिनेश तिवारीले जानकारी दिनुभयो । शुक्रबार नै ५ किलो मिटरको म्यारथन प्रतियोगिता गरिएको छ भने खेल सप्ताहमा सञ्चालन गरिएका विभिन्न खेलहरुमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ ।
वार्षिकोत्सवको अवसरमा माघ २० गते प्रभातफेरि, छात्रवृत्ति वितरण लगायतका कार्यक्रम हुनेछन् भने मुल समारोह माघ २१ गते हुने बिद्यालयले जनाएको छ । वार्षिकोत्सवका अवसरमा पुरस्कार वितरण एवम् शिक्षक कर्मचारी तथा विद्यार्थी सम्मानका कार्यक्रम, नानी मुखपत्रको विमोचन तथा सांस्कृतिक कार्यक्रम गरिने विद्यालयका सूचना संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।

≪ Previous Post

पार्टीमा अब पुन: समिक्षा गर्ने बेला भयो : कांग्रेस नेता डा. महत

Next Post ≫

रूपन्देही सुपरलिग : तिलोत्तमाको जित, कृष्णले लिए ६ विकेट

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क