Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रूपन्देही सुपरलिग : तिलोत्तमाको जित, कृष्णले लिए ६ विकेट
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रूपन्देही सुपरलिग : तिलोत्तमाको जित, कृष्णले लिए ६ विकेट

संसारपोस्ट संवाददाता · १८ माघ २०८१ · 0
रूपन्देही सुपरलिग : तिलोत्तमाको जित, कृष्णले लिए ६ विकेट
90
SHARES
ShareTweet

भैरहवा । कृष्ण कार्की चम्किँदा तिलोत्तमा क्रिकेट एकेडेमीले न्यु होराइजन क्रिकेट क्लबलाई हराउँदै भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको शुक्रबारको खेलमा जित हात पारेको छ । प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको खेलमा तिलोत्तमाले न्यु होराइजनमाथि १ सय ११ रनको फराकिलो अन्तरले जित निकाल्यो । कृष्ण एक्लैले ६ विकेट लिँदा तिलोत्तमाको जित सहज भयो ।
सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको तिलोत्तमाले निर्धारित ५० ओभरमा ४० ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर १ सय ७८ रन बनायो । उसका लागि सन्दिप यादवले ५५ रनको महत्वपूर्ण अर्धशतकीय पारी खेले । यस्तै, कृष्ण भुसालले २२, मनिष थापाले १७, कृष्ण कार्कीले १५ र अमन बोहराले १० रन बनाए । बलिङमा न्यु होराइजनका प्रिन्स पालले ३, महेश भरले २ तथा सहिन खान, विप्रसन केसी, सिद्धार्थ ढकाल र प्रदिप साहनीले समान १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको न्यु होराइजन २३ ओभर ५ बलमा सबै विकेट गुमाएर ६७ रनमै समेटियो र फराकिलो अन्तरले लज्जास्पद हार व्यहोर्यो । उसलाई सस्तैमा रोक्न तिलोत्तमाका कृष्ण कार्कीले ८ ओभर ५ बलमा ३ मेर्डनसहित १४ रन खर्चेर ६ विकेट लिए । यस्तै, विपिन खत्री, आशुतोष पाण्डे र सागर भण्डारीले समान १–१ विकेट लिए । विप्रसन केसीले ३० र प्िरीप साहनीले १० रन बनाए पनि न्यु होराइजनका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । कृष्ण कार्की प्लेयर अफ द म्याच भइ एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिनुभयो ।

≪ Previous Post

शान्ति नमुनाको वार्षिकोत्सवमा रक्तदान, विज्ञान प्रदर्शनी र पढाई महोत्सव

Next Post ≫

बुटवल औद्योगिक क्षेत्र उद्योग संघमा नवनिर्वाचित नयाँ नेतृत्वको पदभारग्रहण 

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क