Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ प्रदेश खारेज नगरे देश गम्भीर संकटमा पर्छः चित्रबहादुर केसी
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश खारेज नगरे देश गम्भीर संकटमा पर्छः चित्रबहादुर केसी

संसारपोस्ट संवाददाता · ८ माघ २०८१ · 0
प्रदेश खारेज नगरे देश गम्भीर संकटमा पर्छः चित्रबहादुर केसी
90
SHARES
ShareTweet

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेज गर्नु पर्ने बताउनुभएको छ । प्रदेश सरकारमा धेरै विकृति तथा वेथिति देखिएकाले यसलाई खारेज नगरे देश गम्भीर संकटमा पर्ने उहांले बताउनुभयो ।
मंगलबार बुटवलमा ’संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन’को घोषणा कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सदस्य समेत रहनुभएका अध्यक्ष केसीले मुलुक संघीयता कै कारण दयनीय अवस्थामा पुगेको बताउनुभयो । ‘८ वटा जिल्ला रहेको मधेश प्रदेशमा २० जना मन्त्री छन् । प्रदेशमा बनेका मन्त्रीहरु पनि धेरै खराब व्यवहार भएका छन् । यसकारण देशलाई बचाउने हो भने प्रदेशलाई खारेज गर्नु पर्छ,’–केसीले भन्नुभयो ।
अध्यक्ष केसीले संघीयता स्वीकार गर्ने ठुला दलहरु पनि यसबाट पार लाग्दैन भन्नेमा पुगिसके पनि बाहिर बोल्न मात्रै नसकेको उल्लेख गर्नुभयो । राजनीति गर्ने भनेको कमाउन हो भन्ने भाष्य सृजना भएकाले दलहरुप्रति जनताको दृष्टिकोण राम्रो नरहेको उहांको भनाई छ ।
‘म आज मात्रै बाग्लुङबाट बुटवल आएको हो । राजनीतिप्रति जनताको यति धेरै घृणा छ । गाउँमा मान्छे नै छैन । गाडी पनि रित्तो हिड्नु पर्ने अवस्था छ,’–उहांले भन्नुभयो ।
अध्यक्ष केसीले रवि लामिछाने पटक पटक गृहमन्त्री बन्न खोज्नुको कारण सहकारी काण्डबाट बच्न रहेछ भन्ने अहिले आएर पुष्टि भएको उहांले बताउनुभयो ।

जनमोर्चाको संघीयता विरुद्धको आन्दोलनका कार्यक्रम सार्वजनिक

राष्ट्रिय जनमोर्चा रुपन्देहीले चैत्र २४ गतेदेखि ३० गतेसम्म गर्ने संघीयता विरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनलाई सफल बनाउन विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै जनमोर्चाका रुपन्देही अध्यक्ष टानबहादुर केसीले मंसिर महिना भरी जिल्लादेखि टोलसम्मका बैठक तथा भेलाहरु गर्ने कार्यक्रम तय भएको बताउनुभयो । यस्तै उक्त आन्दोलनलाई सफल बनाउनका लागि जिल्लाव्यापी पर्चा वितरण, जनभेटघाट, भित्ते लेखन गर्नुका साथै माघ १० गतेदेखि १२ गतेसम्म जिल्लाव्यापी घुम्ति कोणसभा गर्ने कार्यक्रम तय भएको उहांले बताउनुभयो ।
यस्तै फागुन ३ गते बुटवलदेखि सुनौलीसम्म मोेटरसाइकल र्यालीको आयोजन गर्ने कार्यक्रम तय भएको अध्यक्ष टानबहादुर केसीले बताउनुभयो । अध्यक्ष केसीका अनुसार यही माघ ५ गते बुटवलमा विभिन्न प्रबुद्ध व्यक्ति, राजनीतिक पार्टी तथा संघ संस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकिएको छ ।
आन्दोलनको पक्षमा वातावरण बनाउनका लागि पुस २१ गतेदेखि फागुन १० गतेसम्म संङ्गठनात्मक अभियानलाई तीब्रता दिने उहांले बताउनुभयो ।

≪ Previous Post

सहकारी ठगी प्रकरण : रवि लामिछाने आज भैरहवामा, भोलि अदालत उपस्थित हुने

Next Post ≫

रूपन्देही सुपरलिगः न्यु होराइजन १६७ रनले विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क