भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अदालतमा उपस्थित हुन मंगलबार रुपन्देही आउनुभएको छ ।
लामिछाने विमानस्थल हुँदै भैरहवा आउनुभएको हो । रबि आज भैरहवा देवकोटा चोकस्थित एक होटलमा बस्ने र बुधबार अदालत हाजिर हुने रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष शालिकराम घिमिरेले जानकारी दिनुभयो ।
बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा बयानका लागि लामिछाने मंगलबार रुपन्देही आउनुभएको हो ।
सरकारी वकिलको कार्यालयले पूरक अनुसन्धान गरेर मुद्दा चलाउने राय लिएपछि रुपन्देही जिल्ला अदालतमा रविविरुद्ध मुद्दा दर्ता भएको थियो ।
