Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ माघ १० गतेदेखि ९ औं देवदह औद्योगिक व्यापार मेला, तयारी तिब्र
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

माघ १० गतेदेखि ९ औं देवदह औद्योगिक व्यापार मेला, तयारी तिब्र

संसारपोस्ट संवाददाता · ८ माघ २०८१ · 0
माघ १० गतेदेखि ९ औं देवदह औद्योगिक व्यापार मेला, तयारी तिब्र
110
SHARES
ShareTweet

देवदह । रूपन्देहीको देवदहमा यही माघ १० गतेदेखि सञ्चालन हुन लागेको नवौं राष्ट्रिय देवदह औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको तयारीलाई तिब्र पारिएको छ ।
मङ्गलबार महोत्सव सचिवालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मूल आयोजक समिति संयोजक कोष बहादुर गुरुङले तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयो ।
देवदह ब्यापार सङ्घ रूपन्देहीको आयोजनामा माघ १० देखि २२ गतेसम्म सञ्चालन हुने महोत्सवको माघ १० गते बिहीबार बृहत यालीसहित नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्ने जनाईएको छ । उद्घाटनअघि खैरेनीको लोकेश्वरदेखि देवदह मण्डपसम्म विभिन्न सङ्घसंस्थाको सहभागितामा झाँकीसहित ¥यालीको आयोजना गरिने संयोजक गुरुङले बताउनुभयो ।
आयोजकका अनुसार महोत्सवमा लुम्बिनीको प्राचीन मायादेवी ग्रामसहितको मोडल, पाकडी बृक्ष आकृति, फोटो प्रदर्शनी, विज्ञान प्रदर्शनी, गुरुङ र मगर समुदायको घर, सेल्फी जोन, लगायतका आकर्षणहरु रहने छन् ।
महोत्सवमा होटल, कृषि, विद्यालयका विज्ञान प्रदर्शनी लगायत दुई सय ५८ स्टलहरू रहने छन् । महोत्सव छ लाख दर्शकले अवलोकन गर्ने र दश करोड बराबरको कारोबार हुने लक्ष्य लिइएको छ ।
साँस्कृतिक कार्यक्रम अन्तरगत डान्सिङ आइडल, अन्तर विद्यालय लोकगीत, लोक नृत्य प्रतियोगिता, मम्मी डान्स प्रतियोगिता, पन्चे बाजा प्रतियोगिता, भजन प्रतियोगिता, टिकटक प्रतियोगिता, भलिबल प्रतियोगिता र डोरी तान्ने प्रतियोगिता लगायतका कार्यक्रमहरु हुनेछन् ।
कृषि तथा विज्ञान प्रदर्शनी, बाल उद्यान, मेलामा कृषि यन्त्र, पर्यटकीय स्थलहरुको जानकारी दिन सूचना केन्द्र, विभिन्न जातजातिहहरुको संस्कृति झल्किने गरी भेषभुषाको झाँकी प्रदर्शन तथा खाना महोत्सव लगायतका गतिविधिहरू महोत्सवका आकर्षणका रुपमा रहने मूल आयोजक समिति संयोजक कोष बहादुर गुरुङले जानकारी दिनुभयो ।

≪ Previous Post

बुटवलमा उद्योगी व्यवसायीलाई उर्जा दक्षता अभिमुखिकरण

Next Post ≫

सहकारी ठगी प्रकरण : रवि लामिछाने आज भैरहवामा, भोलि अदालत उपस्थित हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क