Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रूपन्देही सुपरलिगः न्यु होराइजन १६७ रनले विजयी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रूपन्देही सुपरलिगः न्यु होराइजन १६७ रनले विजयी

संसारपोस्ट संवाददाता · १६ माघ २०८१ · 0
रूपन्देही सुपरलिगः न्यु होराइजन १६७ रनले विजयी
70
SHARES
ShareTweet

भैरहवा । भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा न्यु होराइजन क्रिकेट क्लबले फराकिलो जित निकालेको छ । प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको बुधबारको खेलमा उसले सैनामैना क्रिकेट क्लबमाथि १ सय ६७ रनको जित निकाल्यो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यु होराइजनले निर्धारित ३७ ओभरमा ३४ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर २ सय १२ रनको बलियो योगफल बनायो । उसका लागि निश्चल ज्ञवालीले ९८, आरिफ खानले २८, विप्रसन केसीले १७ र सहिन खानले १६ रन बनाए । बलिङमा सैनामैनाका सुनिल पौडेल र ऋदम सुवेदीले ३–३, ईश्वर क्षेत्रीले २ तथा गोपाल शर्मा र प्रदीप सुवेदीले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको सैनामैना १३ ओभर १ बलमा सबै विकेट गुमाएर ४५ रनमै समेटियो र लज्जास्पद हार व्यहोर्यो । उसका लागि महेश रानाले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिमले फराकिलो अन्तरमा हार व्यहोर्यो । बलिङमा न्यु होराइजनका प्रिन्स पालले ३ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । यस्तै, महेश भरले ३, सहिन खान, निर्मल गुरुङ र विप्रसन केसीले समान १–१ विकेट लिए । खेलमा निश्चल ज्ञवाली प्लेयर अफ द म्याच भई एक हजार २ सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

≪ Previous Post

प्रदेश खारेज नगरे देश गम्भीर संकटमा पर्छः चित्रबहादुर केसी

Next Post ≫

संस्थागत विद्यालयका जायज माग सम्बोधन हुन्छ : मन्त्री सारु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क