भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही भारतबाट अबैधरुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा चार लाख बढिको अबैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले आज सिद्धार्थनगर नगरपालिका वडा नं. ८ अञ्चलपुरमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी÷पैठारी गरेको अवस्थामा अन्दाजी ४ लाख ५० हजार ६४० रुपैयाँ बरावरको सामान नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार प्रहरीले साडी ७८ पिस, सुट १६३ पिस, बेल्ट ७२ पिस सहित कस्मेटिक तथा किराना सामाग्री नियन्त्रणमा लिएको हो । बरामद भएको सामान आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको प्रहरीले जनाएको छ ।