Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति क्रिकेट सुरु, उद्घाटन खेलमा न्यु मुन विजयी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति क्रिकेट सुरु, उद्घाटन खेलमा न्यु मुन विजयी

संसारपोस्ट संवाददाता · २१ मंसिर २०८१ · 0
स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति क्रिकेट सुरु, उद्घाटन खेलमा न्यु मुन विजयी
110
SHARES
ShareTweet

भैरहवा । रुपन्देहीको भैरहवामा ११ औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’ सुरु भएको छ ।

रुपन्देही क्रिकेट संघको आयोजना र पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनमा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको हो । शुक्रबारको उद्घाटन खेलमा न्यु मुन एकेडेमीले सीबी पब्लिक हाई स्कूललाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

सिद्धार्थनगर स्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको सीबी पब्लिकले निर्धारित २० ओभरको खेलमा १० ओभर ४ बलमा सबै विकेट गुमाउँदै ४१ रनको झिनो योगफल बनायो । उसका लागि कृष्ण यादवले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । उसका ५ खेलाडी शून्य रनमै आउट भए । सीबी पब्लिकलाई सस्तैमा रोक्न न्यु मुनका राजु नायक र शिव गुप्ताले ३–३ तथा आषिश यादव र विश्वास थापाले २–२ विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको न्यु मुनले ६ ओभर २ बलमा ३ विकेटको नोक्सानीमा ४२ रन बनाउँदै सहजै जित निकाल्यो । उसको जितमा मिलन पौडेलले १३, चिरन्जीवी भण्डारीले ७ र आषिश यादवले ५ रन बनाए । बलिङमा सीबी पब्लिकका आयन आलमले २ र यासिर आलमले १ विकेट लिए । खेलमा राजु नायक प्लेयर अफ द म्याच भई ५ सय रुपैयाँ प्राप्त गरे ।

आफ्नो स्वर्गीय हजुरबुवा शेरबहादुर सेन्चुरीको स्मृतिमा पर्वत ज्वेलर्सका संचालक बिमल सेन्चुरीले विगत लामो समयदेखि प्रतियोगितालाई मुख्य प्रायोजन गर्दै आएका छन् । प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका २३ टिम सहभागी छन् । प्रतियोगिताका विजेता टिमले ५० हजार, उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बेष्ट बलरले जनही ५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय तथा बेष्ट अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक भरत थापाले बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले यस्ता खेलले योग्य र नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने बताउनुभयो । संघका कार्यबाहक अध्यक्ष धीरज क्षेत्री, संस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरी, नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव एवं संघका पूर्वअध्यक्ष प्रशान्तविक्रम मल्लले स्कूलस्तरको प्रतियोगिताले नै भोलिका दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने जनाउनुभयो ।

≪ Previous Post

भन्सार छलीका चार लाख बढिको अबैध सामान प्रहरी नियन्त्रणमा

Next Post ≫

ढुवानी सेवालाई परिस्कृत गर्न लुम्बिनीमा ई–ट्रान्सपोर्टेसन सेवा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क