बुटवल । ढुवानी सेवालाई परिस्कृत र डिजिटलाइजेसन गर्ने उद्देश्यका साथ रुपन्देहीको तिलोत्तमा १३ पत्थरडाँडामा प्रधान कार्यालय रहेको ई–ट्रान्सपोर्टेसन सर्भिसको सेवा सुरुवात भएको छ ।
लुम्बिनी प्रदेशलाई मुख्य कार्यक्षेत्र बनाएको ई–ट्रान्सपोर्टेसन सर्विस काठमाण्डौमा पनि विस्तार गरिने लक्ष लिएको ई–ट्रान्सपोर्टेसन सर्विसका प्रमुख कार्यकारी अधिकृत लोकराज पोखरेलले जानकारी दिनु भयो । ई–ट्रान्सपोर्टेसन सर्विसले शुक्रवार तिलोत्तमामा पत्रकार सम्मेलनको आयोजना गरी ई–ट्रान्सपोर्टेसन सर्विसको विषयमा जानकारी गराएको हो ।
आईटी ईन्जिनीयर समेत रहेका र ई–क्याव नेपाल समेत सञ्चालन गरिरहेका प्रबन्ध निर्देशक सन्तोष मण्डलले मोवाईल एप्स मार्फत यातायातको साधानको रुपमा रहेको ढुवानी व्यवसायलाई थप व्यवस्थित बनाउने ई–ट्रान्सपोर्टेसन सर्विसको मुख्य उद्देश्य रहेको जानकारी गराउनु भयो । पहिलो चरणमा मोबाईल एप्स मार्फत सर्भिस भेईकल्स, मिनी ट्रक, ट्रक, एम्बुलेन्सका साधानहरु जोडिएको उहांले बताउनु भयो । मोबाईल एप्स मार्फत सेवा ग्राहीहरुले सबै सेवा लिन सक्ने छन् भने ट्रान्सपोर्ट कम्पनीहरुले सोही एप मार्फत आफ्नो कम्पनी निःशुल्क रुपमा दर्ता गर्न सक्नेछन् ।
ई–ट्रान्सपोर्टेसन सर्भिस मार्फत ढुवानी सेवाको लागि साधन मगाउन सकिने छ भने गाडीको मर्मत संहारको लागि पनि मेकानिक मगाउन सकिने व्यवस्था गरिएको छ । यस्तै एप्समा पेट्रोल पम्प लोकेसन समेत राखिएको छ ।
सबैखाले गाडीको कागजपत्र नविकरण, भ्याटको काम लगायत सबै विवरण समेत एप मार्फत जानकारी लिन सकिने गरी एप्सको निर्माण गरिएको ई–ट्रान्सपोर्टेसन सर्भिसले जनाएको छ ।
करिव १ करोड लागतमा निर्माण गरिएको ई–ट्रान्सपोर्टेसन सर्भिसको बुटवल ११ कालिकानगर, तिलोत्तमा ३ योगीकुटी र ओमसतिया २ पडसरीमा समेत शाखा विस्तार गरिएको छ । निकट भविष्यमा काठमाण्डौमा समेत सेवा विस्तार गर्ने योजना बनाएको ई–ट्रान्सपोर्टेसन सर्भिसले सवारी साधानको लागि पार्किङ्ग एरियाको समेत लोकेसन प्रदान गर्ने गरी एप डेभलप गरिएको ई–ट्रान्सपोर्टेसन सर्भिसका प्रबन्ध निर्देशक मण्डलले बताउनु भयो ।
पहिलो चरणमा बुटवल उपमहानरपालिका, तिलोत्तमा नरपालिका, सिद्धार्थनगर नगरपालिमा रहेका एम्बुलेन्स समेत एपमा समेटिएको जानकारी दिदै निकट भविष्यमा अन्य स्थानमा समेत यो सेवा विस्तार गरिने बताईएको छ ।