Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलको औद्योगिक व्यापार मेलामा मुख्य ७ विधामा प्रतियोगिता हुने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलको औद्योगिक व्यापार मेलामा मुख्य ७ विधामा प्रतियोगिता हुने

संसारपोस्ट संवाददाता · २१ मंसिर २०८१ · 0
बुटवलको औद्योगिक व्यापार मेलामा मुख्य ७ विधामा प्रतियोगिता हुने
90
SHARES
ShareTweet

बुटवल । औद्योगिक व्यापार मेला बुटवल–२०८१ मा मुख्य ७ विधामा प्रतियोगिता हुने भएको छ । मेला आयोजक बुटवल उद्योग वाणिज्य संघका अनुसार आगामी पुस १८ गतेसम्म अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा सञ्चालन गरिने मेलामा मुख्यतया ७ विधामा प्रतियोगिता गर्न लागिएको हो ।
१६ दिनसम्म सञ्चालन गरिने मेलामा लोक दोहोरी प्रतियोगिता, भ्वाईस अफ बुटवल, विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, भजन चुट्का प्रतियोगिता, हास्यव्यङ्ग्य प्रतियोगिता र टिकटक प्रतियोगिता गर्न लागिएको मेला कार्यसम्पादन समितिका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी गराउनु भयो । त्यसबाहेक मेला स्थलमा अन्य प्रतियोगिताहरु समेत हुने छन् ।
मेलामा लोक संस्कृतिसंग सम्बन्धित ५ वटा विधामा प्रतियोगिता गराउन लागिएको छ भने मेलाको प्रचार प्रसारमा समेत टेवा पुग्नेगरी टिकटक प्रतियोगिता गर्न लागिएको छ । त्यसैगरी बुटवलमै पहिलो पटक हास्यव्यङ्ग्य प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरिने छ । मेला कार्यसम्पादन समितिका सहसंयोजक तथा सांस्कृतिक कार्यक्रम समन्वयकर्ता टंकप्रसाद गैरेका अनुसार लोक दोहोरी प्रतियोगितामा प्रथम हुने समूहलाई ७५ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै द्वित्तीय हुने समूहलाई ५० हजार, तृतीय हुने समुहलाई २५ हजार र सान्त्वना हुने समुहलाई ११ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने छ ।
बुटवल उद्योग वाणिज्य संघले सञ्चालन गर्ने मेलाको अर्को मुख्य आकर्षण हो ‘भ्वाईस अफ बुटवल’ । भ्वाईस अफ बुटवलमा प्रथम हुनेलाई पुरस्कार ५५ हजार रुपैंया, द्वित्तीय हुनेलाई ३० हजार रुपैंया र तृतीय हुनेलाई २० हजार रुपैंया नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने छ ।
औद्योगिक व्यापार मेला बुटवल–२०८१ मा विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता पनि समावेश गरिएको छ । यो प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्वित्तीय हुनेलाई १० हजार, तृतीय हुनेलाई ५ हजार र सान्त्वना स्थानमा आउनेलाई ३ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने छ ।
माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वित्तीय हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वना हुनेलाई ५ हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने छ । त्यस्तै भजन चुट्का प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्वित्तीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने छ ।
यो मेलामा अर्को नयाँ विधामा टिकटक प्रतियोगिता गर्न लागिएको छ । मेलाको प्रचारप्रसारलाई समेत टेवा पुग्ने गरी मेलामा टिकटक प्रतियोगिता गर्न लागिएको हो । टिकटक प्रतियोगिता यहि मंसिरको २५ गतेदेखि सुरु हुनेछ । टिकटक प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्वित्तीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने मेला सचिवालयले जनाएको छ । त्यस बाहेक मेलामा अन्य सांस्कृतिक कार्यक्रम पनि हुनेछ । मेलामा लोक सांस्कृतिक, आधुनिक लगायतका कलाकारहरुको प्रस्तुति तथा राष्ट्रिय स्तरमै पहिचान बनाएका कलाकारहरुको नृत्य समेत रहने मेला कार्यसम्पादन समितिका सदस्य तथा सांस्कृति कार्यक्रम संयोजक निर्मित कसजूले जानकारी गराउनु भयो ।
‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित सञ्चालन गर्न लागिएको मेलामा सरदर ५ सय स्टल रहने छ । जसमा १० वटा विषयगत पेभिलियन निर्माण गरिने छ । त्यस्तै कृषि पेभिलियनमा प्राङ्गारिक उत्पादनलाई प्राथमिकता दिईएको छ भने व्यूटि पेभिलियन तर्फ उपत्यका बाहिर पहिलो पटक व्यूटि एक्स्पोको तयारी गरिएको छ ।

≪ Previous Post

ढुवानी सेवालाई परिस्कृत गर्न लुम्बिनीमा ई–ट्रान्सपोर्टेसन सेवा

Next Post ≫

स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः काशी नोबल र नालन्दा विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क