Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः काशी नोबल र नालन्दा विजयी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः काशी नोबल र नालन्दा विजयी

संसारपोस्ट संवाददाता · २४ मंसिर २०८१ · 0
स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः काशी नोबल र नालन्दा विजयी
90
SHARES
ShareTweet

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ११ औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’मा शनिबार भएका दुई खेलमा काशी नोबल एकेडेमी र नेपाल नालन्दा इङ्गलिस बोर्डिङ हाई स्कूल विजयी भएका छन् । काशीले लुम्बिनी वल्र्ड स्कूललाई ९२ रनले पराजित गर्दा नालन्दाले बृहस्पति हाई स्कूलमाथि ४० रनको जित निकाल्यो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको काशीले निर्धारित २० ओभरमा ४ विकेटको नोक्सानीमा १ सय ३२ रनको बलियो योगफल बनायो । उसका लागि आयुष भण्डारीले अविजित ३५, आयुष दुवेले २० र अभिष अधिकारीले १५ रन बनाए । बलिङमा लुम्बिनी वल्र्डका गोकर्णराज भण्डारीले २ तथा करण पोखरेलले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको लुम्बिनी वल्र्ड स्कूल १० ओभर ३ बलमा अलआउट हुँदै ४० रनमै समेटियो । उसका लागि अजितेसराज गुप्ताले सर्वाधिक ६ रन बनाए । बलिङमा उसलाई सस्तैमा रोक्न काशीका आदित्य शर्मा र आर्यन भण्डारीले ३–३ तथा आर्यन जैसवालले १ विकेट लिए । खेलमा काशीका आदित्य शर्मा म्यान अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको नेपाल नालन्दाले १४ ओभर १ बलमा सबै विकेट गुमाएर ८२ रन बनायो । उसका लागि अब्दुल रहमान खानले १८ र आदित्य हरिजनले ११ रन बनाए । बलिङमा बृहस्पतिका आयुष टण्डनले ४, अंकित भण्डारीले २, प्रेम तेली र हिमाल परियारले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको वृहस्पतिले १२ ओभर ४ बलमा सबै विकेट गुमाएर जम्मा ४२ रन मात्रै बनायो । उसका लागि रञ्जित अर्याल र हिमाल परिवारले समान ५ रन बनाए । बलिङमा नालन्दाका प्रभात यादवले ३ ओभर ४ बलमा १० रन खर्चेर ६ विकेट लिए । यस्तै, आदित्य हरिजनले २ विकेट लिए । नालन्दाका प्रभात यादव म्यान अफ द म्याच भई पाँच सय रुपैयाँ पाए ।

पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले ५० हजार, उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बेष्ट बलरले जनही ५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय तथा बेष्ट अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक भरत थापाले बताए । पुस २ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका २३ टिम सहभागी छन् ।

≪ Previous Post

बुटवलको औद्योगिक व्यापार मेलामा मुख्य ७ विधामा प्रतियोगिता हुने

Next Post ≫

लुम्बिनी महोत्सव : अल्लो र ढाकाका उत्पादनमा उपभोक्ताको आकर्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क