Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी महोत्सव : अल्लो र ढाकाका उत्पादनमा उपभोक्ताको आकर्षण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी महोत्सव : अल्लो र ढाकाका उत्पादनमा उपभोक्ताको आकर्षण

संसारपोस्ट संवाददाता · २४ मंसिर २०८१ · 0
लुम्बिनी महोत्सव : अल्लो र ढाकाका उत्पादनमा उपभोक्ताको आकर्षण
90
SHARES
ShareTweet

भैरहवा । अल्लो र ढाका भन्दावित्तिकै धेरैले स्वदेशी उत्पादन सम्झन्छन् । यसबाट बनेका पहिरन लगाउने धेरैको चाहना हुन्छ । शरीरमा लगाउँदा सुहाउने, नेपाली पहिरनको झल्को दिने र आकर्षक देखिने भएकाले पनि धेरै ढाका र अल्लोको कपडा लगाउन लालायित हुन्छन् । यदि तपाईं अल्लो र ढाकाबाट बनेका पहिरन खरिद गरी लगाएर चिटिक्क पर्न चाहनुहुन्छ भने अब टाढा जान पर्दैन । भैरहवामा जारी लुम्बिनी राष्ट्रिय महोत्सवले आम उपभोक्तालाई यो अवसर उपलब्ध गराएको छ ।

सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवास्थित अचंचलपुरमा जारी महोत्सवमा मुलुकका पाल्पा, सुर्खेत लगायतका ठाउँबाट ल्याइएका नेपाली उत्पादन अल्लो र ढाकाका कपडा विक्रीका लागि राखिएको छ ।

यतिबेला महोत्सवमा रहेको स्टलमा अल्लो र ढाकाले बुनेको टोपी र साढी–चोली, गलबन्दी, दौरा–सुरुवाल, सर्ट, इस्टकोट यी सबै सामान विक्री गरिरहेकी छन् कर्णाली प्रदेशको सुर्खेतकी नन्दा रास्कोटी मगरले । उनले महोत्सवमा अल्लोका उत्पादन बेचेको ३ दिन भयो । ‘तीन दिनमा राम्रो विक्री छ, धेरैजना नेपाली उत्पादन भन्दै खरिद गर्न आउनुभएको छ’, उनले भनिन्, ‘बजारीकरण राम्रो भयो भने नेपाली उत्पादनले राम्रो मार्केट लिन्छ ।’

उनले यस्ता मेला महोत्सवले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने जनाइन् । ‘यस्तै कार्यक्रमहरु भइरहने हो भने हामीलाई बजारीकरणको समस्या हुँदैन’, उनले भनिन्, ‘महोत्सव नचल्दा समस्या हुन्छ । सरकारले सहयोग गरे स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्न सकिन्छ ।’ मंसिर २० गतेदेखि भैरहवास्थित अंचलपुरमा सुरु महोत्सवमा अल्लो र ढाका जस्तै नेपालका ४० जिल्लाका उत्पादन आकर्षण बनेका छन् ।

सुर्खेत बिरेन्द्रनगरकी नन्दाले भैरहवामा पुगेर अल्लोका टोपी, साडी, झोला लगायत बिभिन्न उत्पादनहरु बेच्दै आएकी छन् । नन्दाले बजारको लागि भैरहवाको महोत्सवसम्म आइपुगेको जनाउँदै यहाँ भइरहेको विक्रीबाट हर्षित भएको जनाइन् । नन्दासँगै अल्लोको कपडा लिएर भैरहवा महोत्सवममा आइपुगेकी छन् मानकुमारी पौडेल । सुर्खेतकी मानकुमारी भन्छिन्, ‘आफू एकल महिला भए पनि अल्लो र ढाकाको कपडाहरु बुनेर बजारसम्म पुर्याउने गरेकी छु । जहाँ जहाँ मेला हुन्छ, त्यहाँ पुग्छु । नेपाली उत्पादन भनेर धेरैजना खुशी भएर खरिद गर्नुहुन्छ । मानकुमारीले अल्लो र ढाकाको कपडा बेचेर घर खर्च समेत चलाउने गरेको बताइन् ।

महोत्सवमा पाल्पाका व्यवसायीले पनि स्थानीय उत्पादनको स्टल राखेका छन् । पाल्पा तानसेनबाट ढाकाको कपडा लिएर भैरहवा महोत्सवममा आएकी छन्, पुनम अधिकारी । अधिकारीले महोत्सवमा ढाकाबाट बुनिएका थरिथरिका कपडाहरु लिएर आएकी हुन् । पुनम भन्छिन्, ‘बिस्तारै महोत्सवममा आकर्षण बढ्दै गएको छ । विक्रीदर दैनिक राम्रो छ ।’ उनले पाल्पाली ढाका भनेपछि धेरै लालायित हुने जनाइन् । ‘कुर्तासुरुवालदेखि टोपी र कोटपाइन्टसम्म बेचिरहेकी छु’, उनले भनिन् । पुनमले ढाकाको कपडाले महोत्सवममा राम्रो बजार पाउने अपेक्षा गरिन् ।

बाहिरी जिल्लाबाट मात्र होइन बिगत १२ बर्षदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिका कोटिहवामा बसेर ढाकाका समाग्रीहरु उत्पादन गर्दै आएकी लीला गुरुङ पनि भैरहवा महोत्सवमा आएकी छन् । उनले ढाकाको कपडा भनेपछि सबैले माया गर्ने र खरिद गर्न इच्छुक हुने बताइन् । आफूले उत्पादन गरेको ढाकाको सामाग्रीहरु बिदेशसम्म निर्यात हुने गरेको जनाइन् । लिलाले बेलायत, अष्ट्रेलिया, भारतसम्म आफूले उत्पादन गरेको ढाका पुग्ने गरेको बताइन् । महोत्सवले बजारीकरणमा सहयोग पुगेको उनको भनाई छ । अल्लो र ढाकाका उत्पादन किन्न महोत्सवमा दर्शको बाक्लो भीड लाग्ने गरेको छ ।

नवौं लुम्बिनी राष्ट्रिय महोत्सवममा ४० जिल्लाका बिशेष गरी पूर्व मेचीदेखि पश्चिम दैलेख सम्मका उत्पादन रहेको संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए । श्रेष्ठले सस्तो र गुणस्तरिय समान महोत्सवममा उपलब्ध रहेको जानकारी दिए । ‘खासगरी स्वदेशी उत्पादनको प्रबद्र्धन गर्नकै लागि यो महोत्सव आयोजना गरिएको हो’, उनले भने, ‘यसैको उदाहरण ढाका र अल्लोका कपडाहरु हुन् ।’ उनले बजारीकरण राम्रो भए स्वदेशी उत्पादनले मुलुकका लागि ठूलो योगदान दिने जनाए । महोत्सवममा ३ सय स्टल छन् । महोत्सवमा करिव १० करोडको ब्यापार हुने लक्ष्य आयोजकको छ ।

 

≪ Previous Post

स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः काशी नोबल र नालन्दा विजयी

Next Post ≫

बुटवलको मेलामा दलहरुको प्रतिवद्धता : मेला सफल बनाउन सहयोग गर्छौँ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क