Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी महोत्सव सुरु, अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी मुलुकलाई चलायमान गराउँछौंः अर्थमन्त्री पौडेल
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी महोत्सव सुरु, अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी मुलुकलाई चलायमान गराउँछौंः अर्थमन्त्री पौडेल

संसारपोस्ट संवाददाता · २० मंसिर २०८१ · 0
लुम्बिनी महोत्सव सुरु, अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी मुलुकलाई चलायमान गराउँछौंः अर्थमन्त्री पौडेल
130
SHARES
ShareTweet

भैरहवा । भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव सुरु भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवास्थित अंचलपुरमा महोत्सव सुरु भएको हो । स्थानीय उत्पादनको बजारीकरण र प्रबर्धन, सुस्त रहेको आर्थिक क्षेत्रलाई चलायमान बनाउने पर्यटन क्षेत्रको प्रचारप्रसारमा मद्दत गर्ने उद्देश्यसहित संघले महोत्सव आयोजना गरेको हो ।

बिहीबार महोत्सवको उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानून संशोधन गरेर भए पनि सरकारले लगानीको वातावरण बनाउने बताउनुभयो । उहाले मुलुकको आर्थिक अवस्था पहिलेको भन्दा सुध्रिँदै गएको जनाउँदै व्यवसायीहरुलाई निराश नहुन आग्रह गर्नुभयो । ‘निजी क्षेत्रको मनोबल बढ्ने गरि काम गर्न सरकार अग्रसर छ’, पौडेलले भन्नुभयो।

उहाले यही सरकारले अर्थतन्त्रका सम्पूर्ण समस्या समाधान गरि मूलुक चलायमान बनाउने दावी गर्नुभयो । ‘सरकार जसरी हुन्छ निजी क्षेत्रको मनोबल बढ्ने गरि काम गर्न लागेको छ’, उहाले भन्नुभयो, ‘उद्योगी व्यपारीका समस्या छन्, मजदुरका समस्या छन्, किशोर किशोरीको समस्या छन् । ती अब समाधान हुन्छन् भन्ने आम नागरिकमा विश्वास हुँदै गएको छ ।’ वर्तमान सरकार बन्ने बेला मुलुकको अवस्था ठीक नभएको तर यो सरकार बनेपछि हरेक कुरा समाधान हुँदै लयमा गइरहेको उहाले दावी गर्नुभयो ।

पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रकै गौरव भएकोले यसको सञ्चालनमा शंका नगर्न आग्रह गर्नुभयो । ‘हालको टर्मिनल भवन निर्माण भए पनि त्यो अपुग रहेको बताउँदै अर्को भवन निर्माण गर्न तयारी भइरहेको उहाले बताउनुभयो । ‘विमानस्थलमा अरु काम पनि बाँकी छ । पूर्ण क्षमताको विमानस्थल बनाउन आवश्यक पूर्वाधार निर्माण गर्नेछौं’, उहाले भन्नुभयो, ‘एकाध समस्या आए पनि त्यसलाई समाधान गर्दै अगाडि बढ्दैछौं । विमानस्थलबारे सरकारले गरेका निर्णयहरु क्रमशः कार्यान्वयन हुँदैछन् । निजि क्षेत्रले गर्ने कामहरु गर्नुपर्छ । विमानस्थल राम्रोसँग चल्छ । कसरी चल्छ, हामी चलाएर देखाउँछौं ।’

अर्थमन्त्री पौडेलले भैरहवालाई अझै पूर्वाधार युक्त र पर्यटकलाई आकर्षित गर्नुपर्ने बनाउने बताउनुभयो । अर्थमन्त्री पौडेलले निर्माणधिन आयोजना देखाउदै निराशा छर्ने काम भएको गुनासो गर्नुभयो। बुटवल–नारायणघाट सडकमा केही समस्या देखिए पनि त्यसको समाधानको लागि सम्बन्धित देशसंग समन्वय गरिरहेको जनाउनुभयो । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले भैरहवालाई अझै पूर्वाधारयुक्त विकसित बनाउन सरकारले लगानी गर्दै जाने जनाउनुभयो ।

लुम्बिनी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयले यो मुलुक पर्यटनकै लागि बनेको बताउनुभयो । उहाले भन्नुभयो, ‘हामीसँग लुम्बिनी छ, तर लुम्बिनी पर्यटक आउने बातावरण छैन । यसका लागि काम गरौं । पर्यटकलाई दुःख दिएर हुँदैन ।’ उहाले जथाभावी प्रहरी चेकिङले पर्यटकले दुःख पाइरहेको बताउनुभयो । पाण्डेयले तेस्रो मुलुकका लागि मात्रै पर्यटक भन्ने तर भारतीयलाई नभन्ने बानी रहेको जनाउँदै अब त्यसलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले महोत्सवले यहाँको आर्थिक अवस्थालाई बलियो बनाउने बताउनुभयो । ‘आर्थिक गतिविधि धेरै हुँदा समग्र अर्थतन्त्रलाई फाइदा गर्छ’, उहाले भन्नुभयो, ‘यसका लागि यस्ता महोत्सव कोशेढुंगा सावित हुनसक्छन् ।’ उहाले नगरपालिकाले सबै क्षेत्रको एकीकृत विकास गरिरहेको जनाउनुभयो।

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले अहिलेको अवस्था उद्योगी–व्यवसायी मैत्री नभएको भन्दै सरकारले निराशालाई आशामा बदल्न नसकेको गुनासो गर्नुभयो । ‘अहिले उद्योग–व्यवसाय धमाधम बन्द भइरहेका छन् । यसलाई उकास्न जरुरी छ’, उहाले भन्नुभयो, ‘सरकारले सहुलियत दिएर वा अन्य उपाय खोज्न जरुरी देखिन्छ ।’

संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुरकुमार श्रेष्ठले अहिलेको विषम् परिस्थितिमा निराशालाई आशामा बदल्ने प्रयास गरिएको जनाउनुभयो । सबै उत्पादनको एकैथलोमा प्रदर्शन हुने भएकाले सिथिल अर्थतन्त्रलाई चलायमान बनाउने उहाले बताउनुभयो। उहाले मेलामा आएर नयाँ उद्यम गर्न चाहनेले उद्यमशीलता बन्ने उपाय र योजना सिक्न सक्ने उल्लेख गर्दै  व्यापार गरिरहेकाहरुका लागि यो मेला शिक्षा हुने र जो ब्यापार गरेर स्थापित भएका छन्, उनीहरुका लागि यो अध्ययन हुने बताउनुभयो ।

गौतबुद्ध विमानस्थललाई पूर्णक्षमतामा चलाउनु पर्ने, भिषा, म्यानपावर, श्रमस्वीकृति, नोअब्जेक्सन लेटर, स्वास्थ्य परीक्षण संस्था लगायत तत्काल खोल्न आग्रह गर्नुभयो । यस्तै, भारतीय पर्यटकले कम्तिमा ५ हजार डल बोकेर नेपाल आउन पाउनुपर्ने, भैरहवामा नेपाल पर्यटक बोर्डको कार्यालय खोल्नुपर्ने, सेजमा देखिएका समस्या समाधान गर्नुपर्ने, ट्रंकलाइनको समस्या समाधान गरी पीडित उद्योगीलाई सहयोग गर्नुपर्ने, आईसीपीलाई रेल्वे कनेक्सनसम्म जोड्नुपर्ने, भैरहवाबाट सुर्खेत, नेपालगंज, विराटनगर, जनकपुर धनगढी लगायतमा आन्तरिक हवाई उडान संचालन गर्नुपर्ने, बेलहिया नाकामा पर्यटकलाई सहजरुपमा आगमनको व्यवस्था गर्नुपर्ने, भैरहवाबाट बौद्धिष्ट मुलुकमा हवाई उडान गर्नुपर्ने लगायतका माग सरकारसँग राख्नुभयो ।

३ सय स्टल रहेको महोत्सवमा मुस्ताङको अर्गानिक स्याउदेखि दैलेखको घरेलु उत्पादनसम्म प्रदर्शनीमा राखिएको संघका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यले बताउनुभयो । उहाका अनुसार नेपालका ४० जिल्लाका उत्पादन महोत्सवमा प्रदर्शनी हुँदैछ । ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवले निजी क्षेत्रको मनोबल बृद्धि गर्ने अपेक्षा गरिएको महासचिव कृष्णप्रसाद घिमिरेले बताउनुभयो। महोत्सव उद्घाटन अघि करिब ३ सय संघसंस्थाका प्रतिनिधिको सहभागितामा भैरहवाको देवकोटाचोकदेखि बाजागाजासहित विभिन्न जातजातिको सांस्कृतिका झाँकीसहित र्‍याली निकालिएको थियो । महोत्सव पुस १ गतेसम्म संचालन हुनेछ । करिब १० करोडको कारोबार हुने अपेक्षा गरिएको महोत्सव २ लाख दर्शकले अवलोकन गर्ने आयोजको अपेक्षा छ ।

 

 

≪ Previous Post

किवानिज क्लव अफ रुपन्देही लुम्बिनीमा पदहस्तान्तरण

Next Post ≫

भन्सार छलीका चार लाख बढिको अबैध सामान प्रहरी नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क