Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल बसपार्कमा ८ करोडको लागतमा व्यवसायिक भवन बन्ने
शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना : ३ सय जनाले गराए रक्त परीक्षण

शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
करिव ६ लाख मूल्य बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

करिव ६ लाख मूल्य बराबरको...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लायन्स क्लब अफ शंकरनगरमा ‘एक बालक, एक गमला’ वितरण

लायन्स क्लब अफ शंकरनगरमा ‘एक...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

बुटवल बसपार्कमा ८ करोडको लागतमा व्यवसायिक भवन बन्ने

संसारपोस्ट संवाददाता · २६ श्रावण २०७६ · 0
बुटवल बसपार्कमा ८ करोडको लागतमा व्यवसायिक भवन बन्ने
80
SHARES
ShareTweet

एक बर्षमा सक्ने लक्ष सहित नगर प्रमुख सुबेदीद्वारा शिलान्यास

संसार पोष्ट



बुटवल, २६ साउन । बुटवलको लुम्विनी बस टर्मिनल (बस पार्क)मा निर्माण गरिने व्यवसायिक भवनको शिलान्यास गरिएको छ ।
ब्यवसायिक भवनको आईतबार बिहान शिलान्यास गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीले बुटवलमा जनसंख्या र घर निर्माण बढेसंगै जग्गाको अभाव हुन थालेकाले ठूला व्यवसायिक भवन र आवास निर्माणका लागि नगरपालिकाले बिज्ञहरु मार्फत अध्ययन अगाडि बढाएको बताउनु भयो । साना साना घर र तिनै घरमा संचालन गरिने ब्यवसायले बुटवलको विकास सम्भव नहुने भएकाले ठूला ब्यवसायिक भवन निर्माणका लागि नगरपालिकाले बिज्ञहरुमार्फत अध्ययन गरिरहेको र उनीहरुको अध्ययन पश्चात के कस्ता र कति तलासम्मका भवन निर्माण गर्ने बिषयमा नगरपालिकाले निणर्य गर्ने नगर प्रमुख सुवेदीले बताउनु भयो ।


नगरप्रमुख सुबेदीले नगरपालिकाले निर्माण गर्न लागेको ब्यवसायिक भवन निर्माणमा कुनै खालको संझौता नहुने भन्दै गुणस्तरीय सामाग्रीको प्रयोग गरी निर्धारित समयमा भवन निर्माण कार्य निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नु भयो । भवन निर्माणका सन्दर्भमा बिशेष चासो र निगरानी राख्न नगर प्रमुख सुबेदीले नगरवासीलाई आग्रह समेत गर्नुभयो ।
८ करोड रुपैयाँको लागतमा एक वर्षमा निर्माण पुरा गर्ने लक्ष सहित शिलान्यास गरिएको ब्यवसायिक भवन निर्माणका लागि प्रेम सुनिल जेभी निर्माण कम्पनीले ठेक्का संझौता गरेको छ ।
भवन शिलान्यास कार्यक्रममा निर्माण कम्पनीका प्रोपराईटर नारायण पोख्रेलले निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।

तीन तलाको भवनमा पार्किङ बाहेक विभिन्न साइजका ६८ वटा व्यवसायिक सटरहरु निर्माण हुने र ती सबै अत्याधुनिक मापदण्डका रहने बुटवल उपमहानगरपालिकाका योजना प्रमुख ईञ्जिनियर सुमन श्रेष्ठले जानकारी दिनुभयो ।
बसटर्मिनल परिसरमा बन्ने यो अत्याधुनिक ब्यवसायिक भवन नगर विकास कोषसंगको विशेष सहकार्यमा निर्माण हुन लागेको हो । यसका लागि बुटवल उपमहानगरपालिका र कोषका बीचमा गत फागुनमा सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो ।
बुटवल उपमहानगरपालिका वडा नम्वर ९ का अध्यक्ष बिष्णु थापाको सभापतित्व र इञ्जिनियर रुक्मागत बस्यालको सञ्चालनमा शिलान्यास कार्यक्रम भएको थियो ।


शिलान्यास कार्यक्रममा उपप्रमुख गुमादेवी आचार्य, वडा नं. ९ का अध्यक्ष विष्णुबहादुर श्रेष्ठ, वडाअध्यक्षहरु जगदिशचन्द्र आचार्य, पदमबहादुर थापा, भीमबहादुर श्रेष्ठलगायत कार्यपालिका सदस्य, व्यवसायिक संघ संस्थाका प्रमुखहरुको सहभागिता थियो ।

≪ Previous Post

पत्रकारिता पेशालाई ब्यवसायिक र मर्यादित वनाउनु पर्ने

Next Post ≫

कपिलवस्तुमा गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क