संसार पोष्ट
कपिलवस्तु, २६ साउन । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाको गाडीमा आगजनी भएको छ । गाउँपालिकाको गाडीमा अज्ञात समूहले शनिबारराति आगजनी गरेको हो ।
गाउँपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।
सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडी पार्किङमा राखिएको गाडीमा शनिबारराति १०.५० बजेतिर आगजनी भएको बताईएको छ । आगजनी किन र कसले गरेको भन्ने बिषयमा आफुलाई कुनै जानकारी नभएको अध्यक्ष चौधरीले बताउनुभयो । आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ ।
राति नै कपिलवस्तु नगरपालिकाको दमकलले गाडीमा लागेको आगो निभाएको थियो । गाडीमा कस्ले आगजनी ग¥यो भन्ने बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताउनु भयो ।