कमल चौधरी
कपिलबस्तु, २५ साउन । पत्रकारलाई टिकाउनको लागि खोजमुलक तथा व्यवसायिक पत्रकारिता जरुरी रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् ।
कपिलवस्तुको बाणगँगा नगरपालिका–४ गजेहडा स्थित वि.पि. स्मृति भवनमा शनिबार भएको थारु पत्रकार संघ कपिलबस्तु शाखाको तेस्रो साधारण सभा तथा अधिवेशन कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकारिता पेशा निकै संघर्षशिल पेशा भएकाले यो पेशामा लाग्नेहरु संबेदनसिल बन्नुपर्ने वताए । यो समाज र देशलाई परिवर्तन गर्ने पेशा भएकाले यो पेशा अंगालेका थारु पत्रकारहरुले आफुलाई मर्यादित र ब्यवसायिक वनाउनु पर्ने उनीहरुले बताए ।
कार्यक्रममा कपिलबस्तु जिल्ला समन्वय समितिका उप संयोजक तारावती थारुले पत्रकारिता पेशालाई ब्यवसायिक र मर्यादित वनाउदै आर्थिक पाटोलाई पनि बलियो बनाउदै लैजानुपर्नेमा जोड दिनुभयो । उहांले थारु पत्रकारहरुको आर्थिक पाटो बलियो नभएसम्म पत्रकारिता क्षेत्रमा टिकाई राख्न समस्या पर्ने भएकाले उनीहरुलाई व्यवसायिक रुपले खोज पत्रकारिताको लागि विभिन्न किसिमको कार्यक्रम गर्न आवश्यक छ भन्नुभयो । उहांले थारु भाषा, धर्म संस्कृतिको संरक्षणको लागि थारु अगुवा अब एक जुट भएर अगाडी वढ्नुपर्ने आवश्यक्ता औलयाउनु भयो ।
बाणगंगा नगरपालिका प्रमुख मंगल प्रसाद थारुले पत्रकारिता सेवामुलक पेशा रहेको बताउँदै उत्पीडित जाति समुदायको अधिकार र पहिचान सुनिश्चितताको लागि शसक्त भएर पत्रकारहरुले कलम चलाउन अग्रह गर्नुभयो ।
त्यस्तै थारु पत्रकार संघका केन्द्रीय सदस्य कमल चौधरीले थारु पत्रकारहरुलाई अब व्यवसायिक रुपले पत्रकारिता गर्नुको कुनै विकल्प नरहेको जिकिर गर्नुभयो । उहांले व्यवसायिक तथा खोज पत्रकारिता नगरे सम्म पत्रकारहरुको मिडियामा टिक्न समस्या पर्ने हुंदा आधुनिक समय अनुसार पत्रकारहरु चल्न जारुरी रहेको औंल्याउनु भयो ।
कार्यक्रममा थारु कल्यणकारिणी सभाका केन्द्रीय सदस्य जंजिर प्रसाद थारु, थारु कल्यणकारिणी सभाका केन्द्रीय सदस्य सुमित्रा चौधरी, थारु कल्यणकारिणी सभाका जिल्ला अध्यक्ष उमा शंकर चौधरी, थारु पत्रकार संघ शाखा कपिलबस्तुका सल्लाहकार महादेव चौधरी, थारु जनकवि बम बहादुर चौधरी, नेपाल पत्रकार महासंघका जिल्ला शाखा उपाध्यक्ष पार्वती पाण्डे, थारु कल्याणकारिणी सभाका जिल्ला सह–सचिव राजेश चौधरी लगायतले बौल्दै थारु समुदायका हक अधिकार सुनिश्चित गर्न एक जुट भएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
यसैविच थारु पत्रकार संघ जिल्ला कार्यसमिति कपिलबस्तुको तेस्रो साधारण सभा तथा अधिवेशनबाट पुन श्याम सि.टी को अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ ।
जसको उपाध्यक्षमा रामअवतार चौधरी, सचिवमा सरिता थारु, सह–सचिवमा सोन कुमारी थारु, कोषाध्यक्षमा सरिता थारु चयन भएका छन् । सदस्यहरुमा माया थारु, संजय कुमार चौधरी, रमेश थारु, सृजना थारु, अनिल थारु, लक्ष्मी थारु, बन्दना थारु, हेमन्त थारु चयन भएका निर्वाचन समितिका संयोजक तथा थारु पत्रकार संघका संल्लाहकार महादेव थारुले बताउनु भयो ।