Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सिद्धार्थनगरका कान्छा वडा अध्यक्ष वडा सरसफाई अभियानमा
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

सिद्धार्थनगरका कान्छा वडा अध्यक्ष वडा सरसफाई अभियानमा

संसारपोस्ट संवाददाता · २५ श्रावण २०७६ · 0
सिद्धार्थनगरका कान्छा वडा अध्यक्ष वडा सरसफाई अभियानमा
70
SHARES
ShareTweet

संसार पोष्ट
भैरहवा, २५ साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका एक वडा अध्यक्ष वडा सरसफाई अभियानमा जुटेका छन् । वडा वासीलाई स्वास्थ्य र सरसफाई प्रति सजग र सचेत वनाउदै सरसफाई युक्त वडा वनाउने अभियानमा वडा नम्बर ४ का वडा अध्यक्ष मुक्तिनाथ यादव (भोला) लाग्नुभएको छ । यो अभियानमा वडा अध्यक्ष संगै सिंगो वडा समिति सक्रियता पुर्वक लागेको छ ।

शहरी क्षेत्रमा विभिन्न कारणले दुर्गन्ध फैलिने र यसैका कारण सबै क्षेत्रको वातावरण प्रदुषित हुने भएकाले फोहोरमैलाको व्यवस्थापनलाई महत्व दिएर वडालाई हराभरा र सरसफाई युक्त वनाउने अभियानमा आफु लागेको वडा अध्यक्ष यादवले बताउनु भयो । सरसफाई अभियान संगै आफ्नो घर वरिपरी सफा राख्न र जथाभावी फोहर नफाल्न वडावासीलाई आग्रह समेत गरिएको उहांले बताउनु भयो ।

सरसफाई अभियान अन्तर्गत शनिबार वडा समितिको आयोजनामा सिद्धार्थनगर नगरपालिका–४ स्थित जैसवाल धर्मशाला चोक देखि मायादेवी चोकसम्म वृहत सरसफाई गरिएको छ । वडा अध्यक्ष यादवको नेतृत्वमा भएको सरसफाई अभियानमा जनप्रतिनिधि, कर्मचारी, समाजसेवी तथा संघ–संस्थाका प्रतिनिधि र वडावासीको सक्रिय सहभागिता रहेको थियो ।
वडाअध्यक्ष यादव आफै कुचो लिएर सडक सरसफाईमा निस्केपछि स्थानीयले त्यसको प्रशंसा गरेका छन् ।

तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट वडा अध्यक्षमा निर्वाचित यादव सिद्धार्थनगर नगरपालिकाका कान्छा वडा अध्यक्ष हुनुहुन्छ । २६ बर्षिय वडा अध्यक्ष यादवले आफुले पाउने पारिश्रमिक नलिई वडावासीको आवश्यकताको आधारमा विभिन्न क्षेत्रमा खर्च गर्दै आउनु भएकोछ ।

≪ Previous Post

जिएमडब्लुका तिनपाँग्रे टेम्पोको विक्री शुभारम्भ

Next Post ≫

पत्रकारिता पेशालाई ब्यवसायिक र मर्यादित वनाउनु पर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क