Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ जिएमडब्लुका तिनपाँग्रे टेम्पोको विक्री शुभारम्भ
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जिएमडब्लुका तिनपाँग्रे टेम्पोको विक्री शुभारम्भ

संसारपोस्ट संवाददाता · २५ श्रावण २०७६ · 0
जिएमडब्लुका तिनपाँग्रे टेम्पोको विक्री शुभारम्भ
50
SHARES
ShareTweet

संसार पोष्ट
बुटवल, २५ साउन । भारतको गएम मोटर वक्र्स (जिएमडब्लु) ले उत्पादन गरेको विद्युतिय टेम्पोको बुटवलमा विक्री शुभारम्भ गरिएको छ । नेपालभरको आधिकारिक विक्रेता रोहिणी ईम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिले शनिबारदेखि औपचारिक रुपमा यसको विक्री शुभारम्भ गरेको हो ।

तिलोत्तमा नगरपालिकाको शँकरनगरमा आयोजित एक कार्यक्रमका बिच प्रदेश नं. ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी र जिएमडब्लुको एमडी राजा गएमले टेम्पोको विक्री शुभारम्भ गर्नुभएको हो ।

सो अवसरमा बोल्दै मन्त्री चौधरीले नयाँ प्रविधि सहित आएको ईलेक्ट्रिक टेम्पो सबैका लागि उपयोगी हुने बताउनु भयो । पेट्रोलियम सवारीको विकल्पका रुपमा यसलाई लिन सकिने भन्दै मन्त्री चौधरीले धेरै सानो सवारीका कारण ट्राफिकको समस्या उत्पन्न भएको र यसतर्फ ध्यान दिनेगरि योजना अघि बढाउन विक्रेतालाई आग्रह गर्नुभयो ।
कम्पनीका जिएम राजा गाएमले नेपालमा पट्रोलियम सवारी साधनको विकल्पको रुपमा यो टेम्पो उपयुक्त हुने बताउनु भयो । ंईलेक्ट्रिक टेम्पोको मुख्य विशेषताका रुपमा सिगल लिथिएम आयन ब्याट्री जडित हुदा ब्याट्रीमा पानी हाल्नुपर्ने झन्झटबाट सवारीधनी मुक्त हुने उहांले बताउनु भयो ।

यो टेम्पो अन्यको तुलनामा मजबुत र किफायती रहेको छ भने फुलचार्ज गर्न बढीमा ४ घण्टा लाग्ने र ८० प्रतिशत चार्ज हुन १ घण्टामात्र लाग्ने कम्पनीको दाबी छ । टेम्पोका अन्य विशेषताहरुमा बे्रकिङ सिस्टम तथा सस्पेन्सन पेट्रोल टेम्पो सरह रहेको हुनाले यसको ब्रेक पनि राम्रो तथा गाडी लचकदार रहेको छ ।

टेम्पोको अधिकतम स्पिड ४० किमी प्रतिघण्टा रहेको छ । टेम्पोको अधिकतम बिक्री मुल्य ६ लाख रुपैया रहेको छ भने टेम्पो खरीद गर्ने ग्राहकलाई कम्पनीले चाईनामा निर्मित विद्युत साईकल स्कीमको रुपमा दिने कम्पनीका निर्देशक ज्ञान प्रसाद बश्यालले बताउनु भयो । उहांका अनुसार विद्युतिय साईकलको मुल्य ५० हजार रुपैया रहेको छ । यो साईकल एक पटक फुल चार्ज गरेपछि ५० किमी गुड्नसक्ने र फुलचार्ज गर्न ३ घण्टा लाग्ने र चार्ज सकिएपछि पैदल चलाउन समेत मिल्ने गरि डिजाईन गरिएकाले धेरै उपयोगी हुने अपेक्षा गरिएको छ ।

टेम्पो विक्री शुभारम्भ कार्यक्रममा यातायात कार्यालयका प्रमुख मुक्ति पाण्डेले ई–रिक्सा र टेम्पोको ब्यवस्थापन गर्न २०७५ चैत मसान्तसम्म स्थानिय सरकारको सिफारिसमा गर्ने र रुट समेत तोकी कार्यालयमा दर्ता गर्न सुचना जारी गरेपनि त्यो अहिलेसम्म कार्यान्वयन नभएको वताउनु भयो ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भिमलाल भट्टराईले तीन पाँग्रे सवारी साधन संचालनमा सुविधा संगै सुरक्षा चुनौति पनि रहेको वताउनु भयो । संख्यात्मक हिसावले बुटवल उपमहानगरपालिकामा १ हजार १८ रिक्सा र तिलोत्तमा नगरमा ५ सय चलाउन सक्ने क्षमता भएको जानकारी आएको भएपनि योभन्दा धेरै संचालन भएको उहांले वताउनु भयो ।

कार्यक्रममा रोहिणी ईम्पोर्ट एण्ड एक्सपोर्टका संरक्षक रिखिराम बश्याल, निर्देशक कृष्ण बश्याल, निराजन कंडेललगायतले भारतबाट ब्याट्री आयात गर्दा भन्सार दर महंगो पर्ने हुदा समस्या रहेको बताउनुभयो ।

सोही कार्यक्रममा पाच थान ई–साईकल ईलाका प्रहरी कार्यालय बुटवललाई हस्तान्तरण गरिएको छ ।
भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी, जिएमडब्लुका एमडी राजा गएम, रोहिणीका संरक्षक रिखिराम बश्यालले संयुक्तरुपमा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भिमलाल भट्टराईलाई साईकल हस्तान्तरण गर्नुभएको हो । पाँच थान साईकल मध्ये देबिनगर र योगिकुटी चौकीलाई एक एक थान, वडा प्रहरी कार्यालयलाई एक थान र दुई थान साईकल ईलाका प्रहरी कार्यालयमा सुरक्षा गस्तीमा प्रयोग गरिने प्रहरी नायव उपरिक्षक भट्टराईले बताउनु भयो ।

≪ Previous Post

मोतिपुर स्वास्थ्य चौकीमा प्रसुती गृह बनाउन माग

Next Post ≫

सिद्धार्थनगरका कान्छा वडा अध्यक्ष वडा सरसफाई अभियानमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क