Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मोतिपुर स्वास्थ्य चौकीमा प्रसुती गृह बनाउन माग
शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना : ३ सय जनाले गराए रक्त परीक्षण

शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
करिव ६ लाख मूल्य बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

करिव ६ लाख मूल्य बराबरको...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लायन्स क्लब अफ शंकरनगरमा ‘एक बालक, एक गमला’ वितरण

लायन्स क्लब अफ शंकरनगरमा ‘एक...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

मोतिपुर स्वास्थ्य चौकीमा प्रसुती गृह बनाउन माग

संसारपोस्ट संवाददाता · २५ श्रावण २०७६ · 0
मोतिपुर स्वास्थ्य चौकीमा प्रसुती गृह बनाउन माग
70
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, २५ साउन । मोतिपुर स्वास्थ्य चौकीमा प्रसुती गृह वनाउन माग गरिएको छ । सो क्षेत्रका महिलाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी गर्भवती महिलाहरुलाई स्वास्थ्य चौकीमै सुत्केरी गराउनको लागि प्रसुति गृह बनाउन आवश्यक रहेको एक कार्यक्रममा वोल्ने बक्ताहरुले बताएका हुन् ।
मोतिपुर क्षेत्रका ३ वटा वडाका जनताले स्वास्थ्य सेवा लिने स्वास्थ्य चौकीमा प्रसुति गृह नहुंदा धेरै गर्भवती महिलाहरुले समस्या भोग्नु परेको भन्दै उनीहरुले तत्काल हेल्थपोष्ट भवन संगै प्रसुति गृह बनाउनु माग गरेका हुन् ।
बुटबल उपमहानगरपालिक वडा नं १७ मा रहेको मोतिपुर स्वास्थ्य चौकीमा आयोजना गरिएको सामाजिक परिक्षण कार्यक्रममा स्वास्थ्य चौकीबाट उपलब्ध हुने स्वास्थ्य सेवा र सुविधा सबै सेवाग्राहीले देख्ने गरी नागरिक वडापत्र वनाएर राख्न पनि उनीहरुले माग गरेका छन् ।
बुटबल उपमहानगरपालिका वडा नं १७, १८ र १९ वडाका जनताले मोतिपुर स्वास्थ्य चौकीवाट स्वास्थ्य सेवा लिदै आएका छन् ।
कार्यक्रममा बोल्दै बडा नं १९ का बडा अध्यक्ष हिम बहादुर खत्रीले बुटबल नगरपालिकाले गतबर्ष नै स्वास्थ्य चौकी बनाउन जग्गा खोज्न भनेपनि अहिले सम्म केहि नभएको बताउनु भयो । एक वडा एक हेल्थपोष्टको अबधारणा लागु गर्न सम्वन्धित निकायलाई उहांले आग्रह गर्नुभयो ।
त्यस्तै वडा नं १८ का बडा अध्यक्ष हुमनाथ आचार्यले जनतालाई सहज रुपमा स्वास्थ्यसेवा उपलब्ध गराउन आबश्यकता रहेको बताउदै स्वास्थ्यलाई सेवाग्राहीको भावना अनुरुप लैजानुपर्नेमा जोड दिनुभयो ।
सामाजिक परिक्षणमा नेकपाका गंगाराम ढकाल, नेपाली काँग्रेसका ओम बहादुर घिमिरे, स्थानिय समाजसेवी भिम प्रसाद न्यौपाने, टोल बिकास संस्थाका प्रेम मस्र्यांगी, महिला स्वास्थ्य स्वयमसेबिका लगायतले बोल्दै स्वास्थ्य लाई सर्वसुलभ बनाउन आग्रह गर्नु भयो ।
बुटबल उपमहानगर जनस्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत कपिल गौतमले स्वास्थ्य सेवा स्थानिय तहमा आएपछि सुरुमा केही समस्या भएपनि अहिले यो हटेको र सहज सेवा दिईरहेको बताउनु भयो ।
बुटवल उपमहानगरपालिका बडा नं १७ का वडा अध्यक्ष सन्त बहादुर रानाले हेल्थपोष्टका बिषयमा आएका समस्यालाई तत्काल समाधान गर्दै लैजाने बताउनु भयो । उहांले स्थानिय, प्रदेश र संघिय सरकारको ध्यानाकर्षण गराएर भएपनि आगामी ३ बर्ष भित्र स्वास्थ्य चौकी भवन निर्माण गर्ने प्रतिवद्धता जनाउनु भयो । स्वास्थ्य चौकी प्रमुख बिन्दु अर्यालले हेल्थपोष्टले एक बर्षमा दिएको सेवा र कर्मचारी समस्याको बारेमा जानकारी गराउनु भएको थिया ।

≪ Previous Post

वाङ्मयको साधारण सभामा कृति समीक्षा र रचनावाचन

Next Post ≫

जिएमडब्लुका तिनपाँग्रे टेम्पोको विक्री शुभारम्भ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क