Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ वाङ्मयको साधारण सभामा कृति समीक्षा र रचनावाचन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

वाङ्मयको साधारण सभामा कृति समीक्षा र रचनावाचन

संसारपोस्ट संवाददाता · २५ श्रावण २०७६ · 0
वाङ्मयको साधारण सभामा कृति समीक्षा र रचनावाचन
70
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, २५ साउन । लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीले शनिबार साधारण सभा, कृति समीक्षा तथा रचनावाचन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमममा वाङ्मयका कोषाध्यक्ष विजय सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाका अध्यक्ष पुरुषोत्तम पाण्डेयले २०७५ सालमा वाङ्मयले गरेका कार्यको प्रगति विवरण प्रस्तुत गर्दै आगामी दिनमा पनि भाषा, कला, साहित्य र संस्कृतिको विकासका सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा कवि महेश पौड्यालको कविता सङ्ग्रह ‘शून्य प्रहरको साक्षी’ कृतिको समीक्षा कविराज पौडेल र रामचन्द्र श्रेष्ठले गर्नुभएको थियो भने कवि महेश पौड्यालले नाङ्गै भएर पनि सियोले लाज छोप्ने लुगा तयार गरे जस्तै कविताले हरेक मान्छेको मन जोड्ने खालका कविता सुनाउनुभएको थियो भने कविताको बिजाधानका बारेमा बताउनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्राज्ञ बूँद रानाले समाजमा फोहोरी खेल र भ्रष्टाचार बढेको प्रसङ्ग उल्लेख गर्दै साहित्य सिर्जना समेत आक्रोश, विरोध र देश दुखेका कुरामा सीमित हुन लागेको प्रति व्यङ्ग्य गुर्नभयो भने कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. कपिल लामिछानेले सबैको मन छुन सक्ने साहित्य सिर्जना गर्न सके मात्र साहित्यको सार्थकता हुने कुरा औल्याउनुभयो ।


लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीका अध्यक्ष पुरुषोत्तम पाण्डेयको अध्यक्षता, प्रा.डा.कपिल लामिछानेको प्रमुख आतिथ्यता, श्री कृष्णशरण देवाचार्य जी महाराज योगी सोमराज, प्रा.डा. हिरण्यलाल ज्ञवाली, साहित्यकार ऋषिराम भुसाल, लेखक ऋषि आजाद, कलाधर अर्याल, हुमकान्त पाण्डे, रुद्र ज्ञवाली, जङ्गबहादुर शाह, रमेश समर्थन लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा कवि महेश पौड्याललाई सम्मान गरिएको थियो भने बिजु पछाईले स्वागत मन्तव्य र कार्यक्रमको सञ्चालन विष्णु विवश प्रोख्रेलले गर्नुभएको थियो ।

≪ Previous Post

भारत, अमेरिका र युरोपियन मुलुकबाट राष्ट्रियता माथि खतरा : अध्यक्ष केसी

Next Post ≫

मोतिपुर स्वास्थ्य चौकीमा प्रसुती गृह बनाउन माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क