Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भारत, अमेरिका र युरोपियन मुलुकबाट राष्ट्रियता माथि खतरा : अध्यक्ष केसी
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

भारत, अमेरिका र युरोपियन मुलुकबाट राष्ट्रियता माथि खतरा : अध्यक्ष केसी

संसारपोस्ट संवाददाता · २५ श्रावण २०७६ · 0
भारत, अमेरिका र युरोपियन मुलुकबाट राष्ट्रियता माथि खतरा : अध्यक्ष केसी
110
SHARES
ShareTweet

भारत, अमेरिका र युरोपियन मुलुकबाट राष्ट्रियता माथि खतरा ः अध्यक्ष केसी
संसार पोष्ट
बुटवल, २५ साउन । राष्ट्रिय जमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारत, अमेरिका र युरोपियन मुलुकबाट नेपालको राष्ट्रियता माथि खतरा रहेको बताउनु भएको छ । भारत, अमेरिकार र युरोपियन मुलुकलाई नेपाल चाहिएकाले उनीहरुबाट हाम्रो राष्ट्रियता खतरामा रहेको अध्यक्ष केसीको दावी छ ।
अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ रुपन्देहीको दोस्रो जिल्ला सम्मेलनको शनिवार बुटवलमा उद्घाटन गर्दै राष्ट्रियता, अखण्डता र सार्वभौमिकता बचाउन विदेशी शक्ति केन्द्रहरुसंग सजग रहनु पर्नेमा अध्यक्ष केसीले जोड दिनु भयो ।
राष्ट्रियता, अखण्डता र सार्वभौमिकता देश र जनताको लागि सबैभन्दा ठूलो सम्पति भएको उहांको भनाई छ । उहाँले नेपालमा राजनीतिक क्रान्ति पुरा नभएको बताउंदै २१ औ सताब्दीमा पनि नेपाल परनिर्भतामा गुज्रिएको बताउनु भयो ।
गास, वास, कपासका लागि नेपाली जनताले लामो समयदेखि संघर्ष गरेपनि अहिलेसम्म जनताका आधारभूत समस्या हल हुन नसकेको उहांले उल्लेख गर्नुभयो । सत्तामा रहेकाहरु विदेशी शक्ति केन्द्रहरुसंग बोल्न डराएकै कारण नेपाल अहिलेसम्म परनिर्भतामा गुज्रिएको र देशको अर्थतन्त्र झनै बिग्रिएको उहाँले बताउनु भयो । भारतको इशारामा नेपालमा भएका उद्योग कलकारखानाहरु बन्द गरिएको उल्लेख गर्दै सत्ताको लोभमा सत्तासिनहरु बोल्न डराउंदा झनै समस्या थपिएको उहाँको कथन थियो ।
शिक्षा, स्वास्थ्य, रोजगारी, राष्ट्रिय उद्योग कलकाराखाना नीजि करण गरिएकै कारण नेपाल झनै भारतसंग परनिर्भतामा बाँच्नु पर्ने अवस्थाको सिर्जना भएको उहांले बताउनु भयो ।
अध्यक्ष केसीले राष्ट्रिय उद्योगहरुको संरक्षणका लागि स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता दिएर विदेशी आयातलाई रोक्नुपर्ने बताउनु भयो । राज्यले नीति नियम र कार्यक्रम बनाउन सके विदेशबाट आयात हुने सामानलाई रोक्न सकिने र त्यसका लागि सत्तासिनहरुको सोंच, विचारमा परिवर्तन आउन जरुरी रहेको बताउनु भयो ।
नेपाललाई आर्थिक रुपमा स्वतन्त्र र आत्मनिर्भर देश बनाउनु पर्छ, त्यसका लागि सामूहिक राष्ट्रिय लगानीलाई प्राथमिकता दिनुपर्ने उहाँको तर्क छ । उहाँले संघीयताले काटेको घाउमा नुन, चुक थप्ने काम गरेको बताउंदै संघीयताको आवरणमा हिमाल, पहाड छोडिएको बताउनु भयो । केन्द्र र स्थानीय तहलाई बलियो बनाएर प्रदेशको संरचना खारेज गर्नुको विकल्प नभएको उहांको भनाई छ ।
नेपाल भारतको एकाधिकारको वजार भएको उल्लेख गर्दै उहांले भारतबाट आउने तरकारी, फलफुल र खाद्यान्नमा विषादी भोरेर पठाउंदा पनि सरकार बोल्न नसकेको बताउनु भयो । उहाँले सत्ता फुत्कने डरले सत्तामा रहेका दलका नेताहरु बोल्न नसकेको आरोप लगाउनु भयो ।
कम्युनिष्टको नाममा बनेको दुई तिहाई सरकार कम्युनिष्ट नभएको दावी गर्दै कम्युनिष्ट हुनका लागि निश्चित आचरण र सिद्वान्तनिष्ठ हुनुपर्ने उहाँको तर्क छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य तारा जीसीले देशलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनु पर्ने र त्यसका लागि विदेशी लगानी रोक्नुपर्ने बताउनु भयो ।
अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका केन्द्रिय अध्यक्ष ढुण्डीराज पौडेलले मुलुकको आर्थिक क्रान्तिका लागि राज्यले उद्योग मैत्री नीति बनाउनु पर्ने बताउनु भयो । उहांले व्यापार घांटा बढेर अहिले १४ अर्व घांटामा रहेको बताउंदै सरकारले उद्योगी व्यवसायीका समस्या बुझ्न नसकेको गुनासो गर्नुभयो ।

≪ Previous Post

स्वास्थ्यमा तीन काम : नीति, पाठ्यक्रममा स्वास्थ्य र गाउँ केन्द्रित पब्लिक हेल्थ

Next Post ≫

वाङ्मयको साधारण सभामा कृति समीक्षा र रचनावाचन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क