Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ स्वास्थ्यमा तीन काम : नीति, पाठ्यक्रममा स्वास्थ्य र गाउँ केन्द्रित पब्लिक हेल्थ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्वास्थ्यमा तीन काम : नीति, पाठ्यक्रममा स्वास्थ्य र गाउँ केन्द्रित पब्लिक हेल्थ

संसारपोस्ट संवाददाता · २४ श्रावण २०७६ · 0
स्वास्थ्यमा तीन काम : नीति, पाठ्यक्रममा स्वास्थ्य र गाउँ केन्द्रित पब्लिक हेल्थ
120
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, २४ साउन । प्रदेश नं ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले प्रदेशको स्वास्थ्य सुधारका लागि नयाँ तिन काम सुरु गर्न लागेको बताउनुभएको छ ।
मन्त्री बरालले प्रदेशमा नयाँ स्वास्थ्य नीति बनाउने, प्रदेशको पाठ्यक्रममा स्वास्थ्यलाई अनिबार्य गर्ने र पब्लिक हेल्थका कार्यक्रम गाउँ केन्द्रित गर्नेगरि तीन वटा काम यसै बर्ष सुरु गर्ने बताउनु भयो ।
महिला स्वास्थ्य स्वयमसेबिकाका लागि आयोजना गरिएको एडभान्स तालिमको शुक्रबार बुटबलमा समापन गर्दै सामाजिक मन्त्री बरालले काम गर्न भन्दा पहिला नीति नियमको आबश्यक रहेकाले स्वास्थ्य नीति बनाई तत्काल लागु गर्ने, कक्षा १ देखि १० कक्षा सम्म स्वास्थ्य बिषयलाई ऐच्छिक भए अनिबार्य बनाउने र नभएको भए लागुगर्ने र पव्लिक हेल्थका काम अहिले शहर केन्द्रित भएकाले गाउँ केन्द्रित गरिने बताउनु भयो ।
मन्त्री बरालले स्वास्थ्यको पहुंच कम भएका क्षेत्रमा स्वास्थ्यको पहुंच पुराउनका लागि महिला स्वास्थ्य स्वयमसेबिकाका लागि प्रदेश सरकारकै आयोजनामा एडभान्स तालिम संचालन गरिएको बताउनु भयो ।
मन्त्री बरालले स्वयमसेबिकाको सेवा सुबिधालाई प्रदेश सरकारले बिशेष प्राथामिकतामा राखेको बताउनु भयो ।
समापन कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका सचिब कृष्णप्रसाद ज्ञवालीले महिला स्वास्थ्य स्वयमसेबिकाले गाउँमा डाक्टरको भूमिका निर्बाह गरेको बताउनुभयो । गाउँ घरमा पहिलो पटक बिरामीको घरमा पुग्ने महिला स्वास्थ्य स्वयमसेबिका नै भएकाले गाउँगाउँमा डाक्टरको भूमिका निर्बाह गर्न आग्रह गर्नुभयो ।
महिला स्वास्थ्य स्वयसेबिका भबिन्द्र रोक्काले सबै महिला स्वास्थ्य स्वयमसेबिकालाई एडभान्स तालिम दिनुपर्ने बताउनुभयो ।
समापन कार्यक्रममा बोल्दै प्रशिक्षक जमुना पन्थीले १ महिने तालिममा सहभागिहरुलाई ब्यवहारिक र प्रयोगात्मक तालिम प्रदान गरिएको वताउनु भयो । तालिम अवधिमा उनीहरुलाई लुम्बिनी प्रादेशिक अस्पताल, देबदह, कपिलबस्तु तथा आमा समुह जस्ता ठाउंमा लगेर तालिम प्रदान गरिएको थियो ।
स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक भुबन कुवंरको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक डा बिनोद कुमार गिरी, प्रदेश स्वास्थ्य आपुर्ति निर्देशक दिनेश कुमार चापागाई, सामाजिक बिकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर प्रसाद चौधरी लगायतले तालिमलाई ब्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

≪ Previous Post

सरकारी कर्मचारी र ब्यापारी अख्तियारको नियन्त्रणमा

Next Post ≫

भारत, अमेरिका र युरोपियन मुलुकबाट राष्ट्रियता माथि खतरा : अध्यक्ष केसी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क