Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तरकारी र फलफुलमा चर्को मुल्य बृद्दि र बिषादी प्रयोगको गुनासो
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तरकारी र फलफुलमा चर्को मुल्य बृद्दि र बिषादी प्रयोगको गुनासो

संसारपोस्ट संवाददाता · २४ श्रावण २०७६ · 0
तरकारी र फलफुलमा चर्को मुल्य बृद्दि र बिषादी प्रयोगको गुनासो
100
SHARES
ShareTweet

जनगुनासो पछि कृषि मन्त्री पौडेलद्वारा बुटवल बजार अनुगमन



संसार पोष्ट
बुटवल, २४ साउन । तरकारी र फलफुलमा चर्को मुल्य बृद्दि भएको र बिषादी प्रयोग भएको जनगुनासो आउन थालेपछि प्रदेश नम्बर ५ का विभागिय मन्त्रीले आफै बजार अनुगमन गर्नुभएको छ ।
कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले शुक्रबार बुटवल क्षेत्रमा रहेका बिभिन्न तरकारी तथा फलफुल पसलको अनुगमन गर्नु भएको हो ।
तरकारी र फलफुलमा चर्को मुल्य बृद्दि र बिषादी प्रयोग भएको जन गुनासो आएपछि बजार अनुगमन गरिएको मन्त्रालयले जनाएको छ । शुक्रबार मध्यान्ह जिल्ला प्रशासन कार्यालय, बाणिज्य कार्यालय र उद्योग बाणिज्यसंघका प्रतिनिधिहरु सहित अनुगमनमा निस्केको टोलिले शुरुमा कृषि उपज केन्द्र बुटवलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा ब्यवसायीहरुसंग खरिद बिल तथा बिषादी अवशेष जांच गरेको प्रमाणपत्र नभेटिएको अनुगमन टोलीले जनाएको छ ।
अनुगमन टोलीले कृषि उपज केन्द्र संगै बुटवल क्षेत्रमा रहेका १२ वटा फलफुल तथा तरकारी पसलमा अनुगमन गरेको जनाएको छ । अनुगमनका क्रममा ६ वटा पसल बाणिज्य कार्यालयमा दर्ता नभएका, तरकारी तथा फलफुलको खरिद बिल नराखेका र बिषादी अवशेष परिक्षणको प्रमाणपत्र समेत नराखेको पाईएकाले ती पसल संचालकलाई बाणिज्य कार्यालयमा उपस्थित हुन टोलीले पत्र काटेको छ । यस्तै अनय ६ वटा पसललाई भने सामान्य चेतावनी दिएर छाडिएको छ ।
बजारमा तरकारी तथा फलफुलको मुल्य अत्यधिक बढाउने, बिषादी परिक्षण नगर्ने तथा किसानहरु ठगिने गुनासो आएपछि अनुगमन थालिएको प्रदेश ५ सरकारका कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले बताउनु भयो ।


बाणिज्य कार्यालयका प्रमुख रुद्रप्रसाद ज्ञवालीले अधिकांस पसलहरु बाणिज्य दर्ता समेत नभएकाले कारवाहि प्रक्रिया अगाडी बढाईएको बताउनु भयो ।
मन्त्रालयले नियमित अनुगम गर्ने र नियम बिपरित कार्य गर्नेलाई कारवाहि गरिने जनाएको छ । टोलीका अनुसार कृषि उपज थोक बजार केन्द्रका सञ्चालक कलाधर पन्थीको ब्यवसायिक फर्म आशिक फ्रुट सेण्टरमा समेत कुनै आवश्यक कागजपत्र टोलीले फेला पारेन । अनुगमन टोलीका अनुसार देबेन्द्र राहुल आलु भण्डार, साधु एण्ड बिजय भेजिटेबल सेण्टर, भान्जा फ्रुट एण्ड भजिटेबल सप्लायर्स लगायतका पसलहरुमा आवश्यक कागजपत्र नभेटिएकाले पत्र काटिएको हो ।

≪ Previous Post

ढिकबाट लडेर २३ बर्षिय भाटको मृत्यु

Next Post ≫

सरकारी कर्मचारी र ब्यापारी अख्तियारको नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क