संसार पोष्ट
अर्घाखाँची, २४ साउन । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको धारापानीमा ढिकबाट लडेर एक जनाको मृत्यु भएको छ । भुमिकास्थान नगरपालिका वडा नं. ३ बस्ने २३ बर्षीय शिसिर भाटको घर नजिकै लड्दा घटनास्थलमै मृत्यु भएको हो । घर नजिकै ढिकमा सुकेको बाँसको किलामा अडेस लागेर उभिदा जरैबाट भाँचिएको र किला भाचिएपछि भाट ढिकबाट लडेका थिए ।
१० मिटर तल बाटो छेउको पक्की नालीमा खसेका र उनको घट्ना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।
