Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा लगानी सम्मेलनका लागि १९ परियोजना छनौट
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा लगानी सम्मेलनका लागि १९ परियोजना छनौट

संसारपोस्ट संवाददाता · २४ श्रावण २०७६ · 0
तिलोत्तमा लगानी सम्मेलनका लागि १९ परियोजना छनौट
70
SHARES
ShareTweet

दुई अर्व बढि लगानी भित्र्याउने लक्ष्य

संसार पोष्ट



बुटवल, २४ साउन । आगामी असोजमा गर्ने तिलोत्तमा लगानी सम्मेलनमा प्रस्तुत गर्नकालागि तिलोत्तमा नगरपालिकाले १९ वटा परियोजना छनौट गरेको छ । नगरपालिकाले नगरपालिका भित्र सञ्चालन गर्नकालागि १९ वटा महत्वाकांक्षि परियोजना छनौट गरेको हो ।
तिलोत्तमा नगरपालिकाले कृषि, उद्योग, शिक्षा, फोहोर मैला व्यबस्थापन, स्वास्थ्य लगायतका क्षेत्रमा लगानी भित्र्याउनकालागि आगामी असोजको ९ गते तिलोत्तमा लगानी सम्मेलन आयोजना गर्ने तयारी गरेको छ ।
उक्त लगानी सम्मेलनमा नगरपालिकाले प्रस्ताव गरेको औद्योगिक ग्राम, एकिकृत कृषि उत्पादन संकलन तथा प्रशोधन केन्द्र, एकिकृत फोहोर व्यबस्थापन, सिटि कलेज, बाल तथा महिला अस्पताल, एकिकृत ढाक्रेवास पर्यटकीय क्षेत्र, मासु प्रशोधन केन्द्र, प्रदेश पाँचको प्रादेशिक बसपार्क, विजनेश हब, रेलवे रिङ्रोड, स्मार्ट हाटबजार (तीन वटा), एकिकृत दुग्ध संकलन तथा प्रशोधन केन्द्रमा लगानी भित्र्याउनकालागि १९ वटा परियोजना सम्मेलनमा प्रस्तुत गर्न लागिएको नगरप्रमुख बासुदेव घिमिरेले जानकारी गराउनु भयो ।
तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलनको बारेमा जानकारी गराउन शुक्रबार नगर कार्यपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनका बारेमा जानकारी गराउदै नगरप्रमुख घिमिरेले लगानी सम्मेलनमा स्मार्ट पार्किङ् स्थल, स्मार्ट बाल उद्यान (तीन स्थानमा) रोहिणी जलासय एकिकृत पर्यटकीय स्थल लगायतका परियोजना प्रस्तुत गर्ने तयारी गरिएको नगरप्रमुख घिमिरेले जानकारी गराउनु भयो । यी बाहेक पनि लगानीका अन्य सम्भावित परियोजनाहरु आएमा सम्मेलनमा प्रस्तुत गरिने छ ।
एक दिने लगानी सम्मेलनमा नेपालका राष्ट्रिय स्तरका २ सय उद्योगी र बिदेशी ५० जना भित्र्याउने नगर प्रमुख घिमिरेले बताउनु भयो । नगरप्रमुख घिमिरेले उक्त लगानी सम्मेलनबाट दुई अर्व बढी लगानी भित्र्याउने अपेक्षा गरिएको जानकारी गराउनु भयो ।
लगानी सम्मेलनमा प्रस्तुत गरिने परियोजनाका बारेमा लगानी कर्तालाई जानकारी गराउने तथा तिलोत्तमाका नीजि क्षेत्र र नेपाल तथा बाह्य मुलुकका नीजि क्षेत्र बिचमा नेटवर्किङ् बिकास गराउने अर्को महत्वपूर्ण पाटो रहेको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साविकका शंकरनगर, आनन्दवन, करहिया, मक्रहर, गंगोलिया, मधवलिया र टिकुलीगढ गरि ७ वटा गाबिस मिलेर २०७१ सालमा स्थापित तिलोत्तमाको बिकासकालागि अल्पकालिन र दीर्घकालिन योजना निर्माण गरिएको बताउँदै नगरप्रमुख घिमिरेले सिमित बजेटकाकारण नीजि क्षेत्रको उपस्थितिलाई अझै व्यापक बनाउन र बिकास साझेदार बनाउनकालागि लगानी सम्मेलन गर्नुपरेको बताउनु भयो ।
उक्त लगानी सम्मेलनको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । उक्त कार्यक्रममा संघीय तथा प्रदेश सरकारका मन्त्री, सांसद, प्रमुख राजनीतिक दलका नेताहरु, सरकारका उच्च पदस्थ कर्मचारी, नेपाल स्थित बिदेशी कुटनीतिक नियोगका प्रतिनिधी, बिकास साझेदार संस्थाका प्रतिनिधीहरु गरि ५ सय बढीको सहभागिता रहने बताईएको छ । लगानी सम्मेलनमा सम्झौता हुने परियोजनाकालागि कर छुट, एकद्वारा प्रणालीबाट सेवा प्रदान लगायतका बिषयलाई समेटिने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
करिव ३० लाख रुपैंयाँ खर्च अनुमान गरिएको उक्त तिलोत्तमा लगानी सम्मेलनकालागि चालु आर्थिक वर्षको बजेटमा नगरपालिकाले २० लाख रुपैंया बिनियोजन गरेको र बाँकी १० लाख रुपैंयाँ नीजि क्षेत्रबाट जुटाईने छ ।

≪ Previous Post

लोकतन्त्र खतरामा, सरकार निरंकुश बन्दै :प्रमुख सचेतक खाँण

Next Post ≫

गुल्मीमा जिप दुर्घटना १ को मृत्यु ४ गम्भीर घाइते

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क