Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लोकतन्त्र खतरामा, सरकार निरंकुश बन्दै :प्रमुख सचेतक खाँण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लोकतन्त्र खतरामा, सरकार निरंकुश बन्दै :प्रमुख सचेतक खाँण

संसारपोस्ट संवाददाता · २४ श्रावण २०७६ · 0
लोकतन्त्र खतरामा, सरकार निरंकुश बन्दै :प्रमुख सचेतक खाँण
80
SHARES
ShareTweet

राष्ट्रियताको रक्षाकालागि आदावासी जनजातीहरुको ठूलो योगदान


संसार पोष्ट
बुटवल, २४ साउन । नेपाली काँग्रेस संघीय संसदका प्रमुख सचेतक तथा पूर्वमन्त्री बालकृष्ण खाँणले लोकतन्त्र खतरामा पर्दै गएको टिप्पणी गर्नुभएको छ । मुलुकमा दुई तिहाई बहुमत प्राप्त कम्युनिष्ट सरकार हुंदा पनि सामान्य आयोगहरुले संविधान विपरित काम गर्नु, गैरन्यायिक हत्या बढ्नु जस्ता कुराहरुमा सरकारको भूमिका केही नदेखिनुले सरकार निरंकुश बन्दै गएको पुष्टि भएको उल्लेख गर्नुभयो ।
नेपाल आदावासी जनजाती महासंघ जिल्ला समन्वय परिषद रुपन्देहीले आयोजना गरेको २५ औं विश्व आदिवासी दिसवको मुल समारोहलाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका नेता खाँणले मुलुकको राष्ट्रियताको रक्षाकालागि आदावासी जनजातीहरुको ठूलो योगदान रहेको स्मरण गर्नुभयो । उहांले भन्नुभयो – ‘‘नेपालको सिमा रक्षा गर्ने काममा आदिवासी जनजाति समुदायको ठूलो देन छ । नेपालको आफ्नै सिमा सुरक्षा बल नभएपनि नेपाली भूमि रक्षा गर्ने काम सिमामा बस्ने आदीबासी समुदायले गरेको छ ।”
संसदीय समितिको निर्देशनलाई समेत वास्ता नगरेर संवैधानिक मर्म विपरित लोकसेवा आयोगले समावेसीताको सिद्धान्तलाई लत्याउनु दुःखद भएको टिप्पणी गर्दै कांग्रेस नेता खांणले नेपालको संविधान भित्र रहेर यहाँको विविधता र सहअस्तित्वलाई सबैले स्वीकार गर्नुपर्नेमा जोड दिनुभयो ।
लोकतन्त्रनै खतरामा परेको दोहो¥याउँदै नेता खांणले लोकतन्त्र नरहे पहिचानको आन्दोलनको कुनै औचित्य नहुने हुंदा लोकतन्त्रको रक्षाकालागि पहिले सबै एक हुनु पर्ने र लोकतन्त्र बलियो भएपछि मात्रै पहिचानको खोजी गर्न सुझाव दिनुभयो ।


समारोहमा प्रदेश पाँचका प्रदेश सभा सदस्य तुलाराम घर्ती मगरले संविधानले बहिष्करणमा परेका समुदायलाई आंशिक अधिकार मात्र दिएको भन्दै यसलाई कार्यान्वयन गर्दै बाँकी व्यवस्थाका लागि निरन्तर लाग्नुपर्ने बताउनु भयो ।
नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् रुपन्देहीका अध्यक्ष शंकर गाहाको अध्यक्षतामा भएको कार्यक्रममा आदिवासी जनजाति अभियन्ता सञ्जोग लाफा, फोनिज अध्यक्ष सनु थापा, नेफिन बुटवलका अध्यक्ष अरुणकुमार श्रेष्ठ, नेपाल मगर संघका जिल्ला अध्यक्ष गीता सारु, नेवा पुचः बुटवलका अध्यक्ष काजीमान श्रेष्ठ, वीरबहादुर तामाङ, चित्रलाल तुलाचन लगायतले बोल्नु भएको थियो । सो अवसरमा साहित्यकार देवेन्द्र शाक्य, गायक भक्तबहादुर थापा र डा. राजु लिम्बुलाई सम्मान गरिएको थियो ।

≪ Previous Post

पत्रकारिता पेशालाई मर्यादित बनाउन पत्रकारको वर्गिकरण जरुरी :अध्यक्ष आचार्य

Next Post ≫

तिलोत्तमा लगानी सम्मेलनका लागि १९ परियोजना छनौट

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क