Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पत्रकारिता पेशालाई मर्यादित बनाउन पत्रकारको वर्गिकरण जरुरी :अध्यक्ष आचार्य
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पत्रकारिता पेशालाई मर्यादित बनाउन पत्रकारको वर्गिकरण जरुरी :अध्यक्ष आचार्य

संसारपोस्ट संवाददाता · २४ श्रावण २०७६ · 0
पत्रकारिता पेशालाई मर्यादित बनाउन पत्रकारको वर्गिकरण जरुरी :अध्यक्ष आचार्य
90
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, २४ साउन । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता पेशालाई थप मर्यादित र गुणस्तरिय बनाउन खराव र असल पत्रकारको सूचि बनाउन जरुरी रहेको बताउनु भएकोछ ।
उहाँले पत्रकारितामा क्रियाशिल पत्रकारहरु मध्ये असल र खरावको वर्गिकरण गर्न अपरिहार्य रहेको औल्याउदै मुलुकभर एक आधा दर्जन खराव रहेको समेत औल्याउनुभयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीद्वारा शुक्रवार बुटवलमा आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा वोल्दै अध्यक्ष आचार्यले मिडियामा लगानी गर्ने संचालक र पत्रकार को हुन भन्ने स्पष्ट छुट्टिनु पर्ने र भूमिका पनि फरक हुनुपर्नेमा जोड दिनु भयो ।
उहाँले मुलुकभरका मिडियाले आफ्नै आचारसंहिता बनाएर लागु गर्नुपर्ने बताउदै मिडिया हाउसले वार्षिक आम्दानी र खर्चको विवरण सार्वजनिक गर्नुपर्ने बताउनु भयो ।
महासंघका महासचिव रमेश विष्टले राजनैतिक दल, निजामती कर्मचारी र गैरसरकारी संघसंस्थाका व्यक्तिहरुलाई निष्पक्ष मिडियाकाको भूमिका नपच्ने भएकाले पत्रकारितामा पनि सुद्धिकरण जरुरी रहेको औल्याउनु भयो ।
महासचिव विष्टले महासंघ सदस्य सुद्धिकरण अभियानमा अघि बढेको भन्दै त्यसका लागि शाखाहरुको भूमिका महत्वपुर्ण हुने बताउनुभयो । कार्यक्रममा महासंघ रुपन्देहीका पूर्व सभापति बालकृष्ण चापाँगाई, विनोद पहाडी, डिआर घिमिरे सल्लाहकार नारायण सापकोटा लगायतले पत्रकारहरु ठेक्कापट्टा जस्तो काममा लाग्न नहुने बताउनुभयो ।
महासंघ रुपन्देहीका जिल्ला अध्यक्ष यानेन्द्र जिसीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ प्रदेश उपाध्यक्ष भरत केसी, राष्ट्रिय मानव अधिकार आयोगकी प्रदेश प्रमुख सम्झना शर्मा, इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख प्रकाश चन्द्र अधिकारी, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराई, मानव अधिकार तथा शान्ति समाजका बरिष्ठ उपाध्यक्ष गोबिन्द खनाल, रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारी लगायतले बोल्दै सञ्चारजगत र अन्य सरोकारवालाबीच निरन्तर सम्बाद तथा सहकार्य हुनुपर्ने धारणा राख्नु भएको थियो ।

≪ Previous Post

यस कारण टोक्नु हुँदैन नङ ?

Next Post ≫

लोकतन्त्र खतरामा, सरकार निरंकुश बन्दै :प्रमुख सचेतक खाँण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क