Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कालिका क्याम्पसले २० करोड लागतमा निर्माण गर्ने भवनको शिलन्यास
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

कालिका क्याम्पसले २० करोड लागतमा निर्माण गर्ने भवनको शिलन्यास

संसारपोस्ट संवाददाता · २१ श्रावण २०७६ · 0
कालिका क्याम्पसले २० करोड लागतमा निर्माण गर्ने भवनको शिलन्यास
90
SHARES
ShareTweet


योजना र बजेट कार्यान्वयनका लागि नगारिकको निगरानी आवश्यक : नेता पौडेल

संसार पोष्ट



बुटवल, २१ साउन । बुटवल उपमहानगरपालिका वडा नम्वर १० मा अवस्थित कालिका क्याम्पसले निर्माण गर्न लागेको नयाँ भवनको मंगलबार शिलन्यास भएको छ । करिब २० करोडको लागतमा निर्माण गरिने क्याम्पस भवनको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले शिलन्यास गर्नुभयो ।
भवनको शिलन्याश गर्दै पूर्व अर्थमन्त्री र प्रतिनिधि सभा सदस्य समेत रहनुभएका नेकपाका महासचिव पौडेलले विकास निर्माणका काममा नागरिकको निगरानी आवश्यक रहेको बताउनुभयो । योजना निर्माण र बजेट विनियोजन गरेर मात्र प्रभावकारी विकास नहुने उल्लेख गर्दै उहांले योजना र बजेट कार्यान्वयनका लागि नगारिकको निगरानी र खवरदारी आवश्यक रहने बताउनुभयो ।
बुटवलको विकासका लागि बजेट अभाव नहुने बताउदै उहांले भन्नुभयो–“प्रभावकारी विकासका लागि योजना र बजेट विनियोजन मात्र भएर पुुग्दैन । समयमा गुणस्तरीय निर्माण कार्यान्वयनका लागि स्थानीय नागरिकबाट निरन्तर निगरानी र खवरदारी आवश्यक पर्दछ ।”

????????????????????????????????????


यसै क्षेत्रका प्रतिनिधि सभा सदस्य नेता पौडेलले निर्वाचन क्षेत्र पूर्वाधार बिशेष कार्यक्रमको रकम शिक्षा क्षेत्रको पूर्वाधार बिकासमा लगाउने समेत बताउनु भयो । उहांले आफुले निर्वाचन क्षेत्र पूर्वाधार बिशेष कार्यक्रमबाट प्राप्त गर्ने रकम यस बर्ष शिक्षा क्षेत्रको पूर्वाधार बिकासमा खर्च गर्ने प्रष्ट पार्नुभयो । कालिका मानव ज्ञान माध्यमिक बिद्यालयले राष्ट्रिय स्तरमा पहिचान बनाइरहेका बेला बुटवल कालिका क्याम्पसले पनि प्रारम्भमा नै राम्रो छनक दिएको बताउनु भयो ।
देशमै आफ्नो नाम राख्न र नमुना बन्न सफल भएको कालिका माविको शिलन्यास भएको क्याम्पस भवन समयमा नै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा ५ नं प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले बुटवलको शैक्षिक बिकासका लागि प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था गरेको र भवन निर्माणमा पनि आवश्यक परे सहयोग गर्ने बताउनु भयो ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष रामचन्द्र क्षेत्रीको सभापतित्व र क्याम्पस प्रमुख घनश्याम पाठकको सञ्चालनमा भएको भवन शिलान्यास कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष अर्जुनमान सैजु लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।


शैक्षिक क्षेत्रमा देशमै सफल मानिने कालिका मावि र बुटवलकै मानव ज्ञान मावि केही समय अघि मर्ज भई कालिका मानव ज्ञान मावि भएका थिए । मावितर्फ मात्र नभई बुटवल कालिका क्याम्पस स्नातकतर्फ पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । मंगलवार शिलन्यास भएको भवन १८ महिनामा निर्माण पुरा गर्ने लक्ष्य रहेको छ ।

≪ Previous Post

चेतना थापाको नयाँ तीज गीत ‘सिम सिमे पानीमा’ सार्वजनिक

Next Post ≫

नाईस ग्रुपको लगानीमा खुल्यो हार्डवेयर्स प्रा.लि.

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क