संसार पोष्ट
बुटवल, २० साउन । फेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १२ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बुटवल स्थित रक्तसञ्चार केन्द्रमा सोमबार भएको कार्यक्रममा ४० युनिट रगत संकलन गरिएको फेवा साकोसका शिक्षा समितिका संयोजक नुमकला राहदीले जानकारी दिनुभयो । सो अवसरमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञ यम बहादुर थापाले आफ्नो स्वास्थ र अरुको स्वास्थका लागि रक्तदान आवश्यक रहेको बताउनु भयो । मानव धर्ममा रक्तदान सबैभन्दा ठूलो धर्म रहेको उहाँले बताउनु भयो । कार्यक्रममा फेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेम बहादुर गुरुङ, व्यवस्थापक लिल बहादुर गुरुङ, फोटो पत्रकार पारस गुरुङ लगायतले रक्तदान गर्नुभएको थियो ।
