Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ दीपमा प्राथमिक उपचार तालिम
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दीपमा प्राथमिक उपचार तालिम

संसारपोस्ट संवाददाता · २० श्रावण २०७६ · 0
दीपमा प्राथमिक उपचार तालिम
40
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, २० साउन । युवा रेडक्रस सर्कल दीप बोर्डिङ हाई स्कूलले दुई दिने प्राथमिक उपचार तालिम सम्पन्न गरेको छ ।
आकस्मिक रूपमा आइपर्ने दुर्घटनामा क्षति न्यूनीकरण गर्न तत्काल दिन सकिने प्राथमिक उपचार सम्बन्धी तालिम दिनका लागि कार्यक्रम आयोजना गरिएको कुरा सह शिक्षक नायक पुरुषोत्तम पाण्डेयले बताउनुभयो ।
आइतबार र सोमबार सञ्चालित तालिममा जुनियर युवा समिति बुटवल उपशाखाकी संयोजक अप्सरा उपाध्याय, मणिग्राम उपशाखाका सदस्य रजनिशचन्द्र गुप्ता र मणिग्राम उप शाखाका सदस्य वासुदेव घिमिरेले ११ विद्यालयबाट उपस्थित २४ जना युवा विद्यार्थीहरूलाई बिहान १० बजेदेखि साँझ ५ बजेसम्म प्रशिक्षण तथा सहजीकरण प्रदान गुर्नभएको थियो ।


तालिम समापन कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीका सभापति प्रेमलाल उदासले दीप युवा रेडक्रसले मानवीय सेवा र रेडक्रससँग सम्बन्धित रचनात्मक कार्यक्रम विगतदेखि निरन्तर रूपमा सञ्चालन गर्दै आइरहेकोमा धन्यवाद दिँदै आगामी दिनमा दीपले अझ बढी रचनात्मक काम गर्ने अपेक्षा गर्नुभयो । त्यसैगरी विद्यालयका प्राचार्य तथा सर्कलका संरक्षक टीकाराम न्यौपानेले आगामी दिनमा पनि विद्यालयले मानवीय सेवा र सामाजिक उत्तरदायित्वलाई प्रभावकारी रूपमा बहन गर्ने कुरा बताउनुभयो ।


जनियर÷युवा रेडक्रस सर्कल दीप बोर्डिङ हाई स्कूलका अध्यक्ष घनश्याम घिमिरेको अध्यक्षता, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीका सभापति प्रेमलाल उदासको प्रमुख आतिथ्यता, विद्यालयका प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, प्लस टु संयोजक वसन्त जोशी, बुटवल उपशाखाका सभापति बेन बहादुर पौडेल र कोषाध्यक्ष दिल बहादुर थापाको आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक नायक अर्जुन प्रसाद पन्थले गर्नुभएको थियो ।

≪ Previous Post

महिला कर्मचारीद्वारा सञ्चालित नमुना ग्रामीण विकास लघुवित्त कार्यालय

Next Post ≫

फेवा सहकारी संस्थामा रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क