Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ महिला कर्मचारीद्वारा सञ्चालित नमुना ग्रामीण विकास लघुवित्त कार्यालय
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

महिला कर्मचारीद्वारा सञ्चालित नमुना ग्रामीण विकास लघुवित्त कार्यालय

संसारपोस्ट संवाददाता · २० श्रावण २०७६ · 0
महिला कर्मचारीद्वारा सञ्चालित नमुना ग्रामीण विकास लघुवित्त कार्यालय
80
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, २० साउन । राष्ट्रिय स्तरमा लघुवित्त कार्यक्रम सञ्चालन रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.को क्षेत्रीय कार्यालय नेपालगंज अन्तर्गत सञ्चालित इलाका कार्यालय नेपालगंज, बा“के लघुवित्त सेवा सञ्चालनमा उदाहरणीय पहिचान बनाउन सफल भएको छ । विपन्न वर्गका महिला सदस्यहरूलाई विगत २२ वर्ष देखि निरन्तर लघुवित्त सेवा सञ्चालन गरिरहेको यस कार्यालयमा हाल इलाका प्रबन्धक देखि कार्यालय सहयोगीसम्म सबै ६ जना महिला कर्मचारीहरू कार्यरत रहेका छन् । संस्थाको ५७ जिल्लामा रहेका कुल १९४ वटा कार्यालय संख्या मध्ये महिला कर्मचारीहरूले मात्र सञ्चालन गरेको यो एक मात्र कार्यालय हो ।
नेपालमा हाल लघुवित्त क्षेत्रको विकास दु्रत गतिमा भैरहेको छ । यस क्षेत्रमा महिलाको सेवा–सुविधा र सहभागिता पनि बढ्दो क्रममा रहेकोहु“दा महिलाको विश्वास र आकर्षण पनि वृद्धि हु“दै गएको छ । महिलाहरूको शक्तिकरण, नेतृत्व क्षमता र आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउन अर्थतन्त्रको जग मानिने लघुवित्त जस्तो महत्वपूर्ण क्षेत्रमा महिलाहरूलाई प्राथमिकता दिइएको छ ।
बि.स. २०५३ साल चैत्र २२ गते नेपालगंज उपमहानगरपालिका बार्ड नं.–१०, आदर्शनगरमा स्थापना भएको यस कार्यालयले २०७६ अषाढ मसान्तसम्म ४४६ बटा समुह गठन गरी १०३४ जना महिला सदस्यहरुलाई निजहरूकै घर दैलोमा लघुकर्जा, लघुबचत, लघुबीमा कार्यक्रम र वित्तीय साक्षरता लगायतका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । महिलाहरूलाई स्वरोजगार बनाई आर्थिक तथा सामाजिक रूपमा सक्षम बनाउन बढीभन्दा बढी ग्राहक सदस्यका बीचमा लघुवित्त सेवा पु¥याउने योजना यस संस्थाको रहेको छ ।
यस कार्यालयमा इलाका प्रबन्धकको महत्वपूर्ण जिम्मेवारी सिला शर्माले निर्वाह गरिरहेकी छन् । इलाका कार्यालयको मातहतमा चारवटा शाखा कार्यालय रहेको र उक्त कार्यालयको अनुगमन तथा निरिक्षण समेत यसै इलाका कार्यालयबाट हुने गर्दछ । विगत २२ वर्ष अगाडि यस संस्थामा बरिष्ठ सहायक पदबाट आफ्नो करिअर थालेकी शर्माले क्षेत्रीय कार्यालय नेपालगंज अन्तर्गत विभिन्न शाखाकार्यालय र क्षेत्रीय कार्यालयको कार्यानुभव सम्हाल्दै हाल बरिष्ठ अधिकृतको पदमा रही विगत २ वर्ष देखि इलाका प्रबन्धकको जिम्मेवारीमा रहेर व्यवस्थापन सम्हाल्दै आएकी छन् । बा“की सबै तहमा पनि महिला कर्मचारीहरू कार्यरत रहेका छन् ।
एक–आपसमा सहकार्य गरी सुख–दुःख बा“ड्दै एक जुट भएर काम गर्ने वातावरण यस कार्यालयको सबल पक्ष भएको अनुभव सबै महिला कर्मचारीहरूको रहेको छ । कार्यालयको विशिष्ट पक्ष कर्मचारीहरू महिला मात्र हुनुका साथै ग्राहक सदस्यहरू पनि सबै महिलाहरू नै रहेका छन् । लघुवित्तको सरल सेवा तीनै महिलाहरूको बीचमा उपलब्ध गराएर उनीहरूलाई आर्थिक रूपमा सबल बनाउन योजनावद्ध तरिकाले काम गरिरहेको र कार्यक्रम सञ्चालनका क्रममा स–साना समस्या आए पनि ग्राहकहरूको साथ र महिला कर्मचारीको टिम, साझा उद्देश्य र सहयोगी भावनाले गर्दा काममा उत्साह थपिएको इलाका प्रबन्धक सिला शर्माको अनुभव रहेको छ ।


आ.व.२०७५÷७६ को अन्त्य सम्ममा यस इलाका कार्यालयमा आवद्ध १०३४ जना ऋणी सदस्यहरूको बीचमा रु.११ करोड ९६ लाख ८३ हजार लगानीमा रहिरहेको कर्जा छ भने सदस्यहरूबाट स–सानो रकम संकलन गरी परिचालन गरिएको बचत रकम रु. ६ करोड १३ लाख ३३ हजार रहेको छ । यस कार्यालयले आ.व.२०७५÷७६ मा रु. ७८ लाख ४७ हजार सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ भने निष्कृय कर्जाको अंश १ प्रतिशतको हाराहारीमा रहेको छ ।
वर्तमान समयमा लघुवित्त क्षेत्रमा देखिएको तिब्र अस्वस्थ्य प्रतिस्पर्धा र चुनौतिलाई सामाना गर्न संस्थाको स्पष्ट नीति नियम, सरल र प्रभावकारी लघुवित्त सेवा, ग्राहकहरूको निरन्तर विश्वास र कर्मचारीहरूको इमान्दार प्रयासका कारणले गर्दा नै यो संस्था सफल रूपमा अगाडि बढिरहेको क्षेत्रीय कार्यालय नेपालगंजका प्रबन्धक खगेन्द्रप्रसाद अर्याल बताउनु हुन्छ ।

≪ Previous Post

भ्रष्टाचारविरुद्ध हाफ म्याराथन दौड

Next Post ≫

दीपमा प्राथमिक उपचार तालिम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क