Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ भ्रष्टाचारविरुद्ध हाफ म्याराथन दौड
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भ्रष्टाचारविरुद्ध हाफ म्याराथन दौड

संसारपोस्ट संवाददाता · २० श्रावण २०७६ · 0
भ्रष्टाचारविरुद्ध हाफ म्याराथन दौड
40
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, २० साउन । भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने उद्देश्यले बुटवलमा खुल्ला हाफ म्याराथुन दौड प्रतियोगिता सम्पन्न भएको छ । २५ औं विश्व आदिवासी जनजाति दिवसका अवसरमा आदिवासी जनजाति महासंघ रुपन्देहीले आयोजना गरेको प्रतियोगितामा एक सय ४५ जनाले सहभागिता जनाएका थिए । तिलोत्तमाको ड्राइभरटोलदेखि आदर्शनगरसम्म भएको दौडमा गोर्खा एकेडेमीका प्रशिक्षार्थी आदर्श परियारले २९ मिनेट ३० सेकेण्डमा दुरी पार गर्दै प्रथम भएका छन् । तिलोत्तमा १५ का किरण पुनले २९ मिनेट ५५ सेकेण्डमा दुरी पार गर्दै दोस्रो, गोर्खा एकेडेमीकै दुर्गाबहादुर गाहाले ३० मिनेट ५ सेकेण्डमा दुरी पार गरेर तेस्रो तथा गोर्खा एकेडेमीकै दीपक क्षेत्रीले ३० मिनेट १५ सेकेण्डमा निर्धारित दुरी पार गरी सान्त्वना भएका छन् ।
प्रतियोगिताको उद्घाटन इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराई र समापन आदिवासी जनजाति महासंघका सल्लाहकार शिवलाल तुलाचनको प्रमुख आतिथ्यतामा भएको थियो । सो अवसरमा बोल्दै आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष शंकर गाहाले नेपालमा अहिले हरेक क्षेत्रमा भ्रष्टाचार मौलाएको हुंदा यसविरुद्ध जागरण ल्याउन सरोकारवाला सबैको ध्यान जानुपर्ने बताउनुभयो । महासंघका जिल्ला सचिव चित्रलाल तुलाचनको संयोजकत्व र सहसचिव इन्द्र राईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगिताका विजेतालाई साउन २४ गते हुने मूल समारोहमा नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ । ‘पहिचान, सह–अस्तित्व र अधिकार’ नारासहित २५औं विश्व आदिवासी दिवस अन्तर्गत महासंघले २२ गते रक्त सञ्चार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम गर्दैछ भने दिवसको मुख्य दिन साउन २४ गते बुटवलमा बृहत ¥याली सहित सभाको आयोजना गरिने कार्यक्रम छ ।

≪ Previous Post

नवलपरासीमा विप्लवका जिल्ला सदस्य पक्राउ

Next Post ≫

महिला कर्मचारीद्वारा सञ्चालित नमुना ग्रामीण विकास लघुवित्त कार्यालय

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क