Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ हरियो तरकारी किसानको उत्पादन, व्यापारीको रजाईं
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

हरियो तरकारी किसानको उत्पादन, व्यापारीको रजाईं

संसारपोस्ट संवाददाता · २० श्रावण २०७६ · 0
हरियो तरकारी किसानको उत्पादन, व्यापारीको रजाईं
60
SHARES
ShareTweet


बुटवल, २० साउन
आफूले मेहनत गरि उत्पादन गरेर बजार पु¥याएको तरकारीको मुल्य व्यापारिले तोकीदिँदा जो कोहीलाई निकै दुःख लाग्छ ।
तर गैडहवा ७ पिपरहवा रुपन्देहीका राधेश्याम केवटको ३ विगाहा मध्ये १ विगाहा खेतमा बिभिन्न जातका तरकारी खेती छ । अहिले बोडी फल्ने तयारीमा छ, लौका र भिण्डी लटरम्म फलेको छ । त्यस्तै करेला काँक्रा पनि फल्ने तयारीमा छन्, टमाटर रोप्ने तयारी गरेका छन् । शुक्रबार मात्रै बुटवलको हाट बजारमा ल्याएको लौकालाई ३२ रुपैंया प्रतिकिलो र भिण्डी ५० रुपैंया प्रतिकिलोमा व्यापारिले मागे । आफूले उत्पादन गरेको बस्तुको मुल्य तोक्ने अधिकार आफैलाई भएपनि व्यापारिले दिएको मुल्यमा बेच्न उनी बाध्य भए ।
व्यापारिले गरिदिएको मुल्यमा दिन्न भन्ने हो भने सुरक्षित भण्डारण गर्ने ठाउँछैन ।
अझै रोचक कुरा के छ भने–व्यापारिलाई एक पटक मुल्य गरेर दिएको भाउ समेत घटाएर भुक्तानी गर्ने गर्छन् । कारण हो भारतीय तरकारीको । नेपाली किसानसंग तरकारी खरिद गर्छन्, तर भुक्तानी गर्दैनन् । त्यही बिचमा भारतीय बजारबाट तरकारीको भाउ घटेर आयो भने खरिद भईसकेको तरकारीको समेत कम मुल्य दिने गरेको केवटले गुनासो गर्नु भएको छ ।
केवटका अनुसार–‘नेपालमा राम्रो बिउ, औषधी पाउँदैन, भारतबाट झिकाउनु पर्छ, भारतमा सरकारले किसानलाई बिउ, मलखाद, सिचाई सबै सुविधा उपलब्ध गराएको कारण भारतीय उत्पादनसंग नेपाली किसानको उत्पादन प्रतिस्पर्धा गरेर बेच्दा लागत मुल्य पनि उठ्दैन ।’
सोही ठाउँका परभन्स खरविन्दले पनि साढे दुर्ई विगाहा खेत मध्ये १ विगाहा खेतमा तरकारी खेती गर्छन । उनको खेतमा बोडी भाण्टा, लौका, तरई, करेला तयारी हुँदैछ । खरविन्दको पनि समस्या उस्तै हो । त्यहाँका प्रायः किसानले बुटवलका थोक व्यापारिलाई तरकारी दिने गरेका छन् । ‘उत्पादन गरेको तरकारी बजारसम्म पु¥याउनु पर्छ, बजारमा पु¥याएर लागत अनुसारको मुल्य नपाउँदा मनलाई अमिलो बनाएर फकिर्नु पर्छ’ उहाँको कथन छ ।
सोही वडाको छत्रपुराका किसान रामु उजागिर मल्लाहको खेतमा लगाएको पहिलो लटको बोडी भर्खरै सकियो, लौका घिरौंला र भान्टा अझै छ, अर्को लटको बोडी तयारी हुँदैछ । उनका अनुसार पहिलो लटको बोडीले राम्रै भाउ पायो । तर पनि उनी त्यति सन्तुष्टि भने भएनन् । आफूले बेचेको मुल्यको चौगुना मुल्यमा उपभोक्ताले किन्नुपर्ने बाध्यत्मक परिस्थितीले किसानको पनि मन अमिलिएको हो । उनी भन्छन्–‘किसानले पनि उचित मुल्य पाउनु पर्छ र उपभोक्तलाई पनि उचित मुल्यमा खान पाउने वातावरण सरकारले बनाउन सके राम्रो हुन्थ्यो ।’
भारतबाट आयात हुने तरकारीको विषादी परिक्षण गरेर मात्रै नेपाल भित्र्याउने सरकारको निर्णयपछि सीमावर्ती क्षेत्रमा भारतीय तरकारी रोकिएको कारण त्यो वेला नेपाली तरकारीले राम्रो मुल्य पाएको थियो । तर त्यो मुल्य अहिले केही घटेको छ ।
गैडहवा वडा नं. ७ छत्रपुराकै धर्मराज कहार भने आफूले उत्पादन गरेको तरकारी स्थानीय बजारमा आफैले बिक्रि वितरण गर्ने गर्दछन । उनको खेतमा अहिले भेण्डी, कुन्द्रुङ, घिरौंला, भान्टा जातका तरकारी तयारी छन् । उनले बजारको दिन बिहान टिप्ने र दिउँसो बजारमा लगेर बेच्ने गरेका छन् । तरकारीको भाउ बजार पिच्छे फरक हुने भएपनि खुद्रा बेच्दा र थोकमा दिँदा मुल्यमा आधा फरक पर्ने उनको अनुभव छ ।
त्यहाँका किसानले आफूहरुलाई गोदामको आवश्यकता रहेको र सरकारले गोदामको व्यबस्था गरिदिए राम्रो हुने बताएका छन् । गैडहवा गाउँपालिकामा वडा नं. ७ को पिपरहवा, वर्गदहीया, बलुहवा, एचावल, विसौरीया लगायतका गाउँमा बढी मात्रामा व्यवसायीक तरकारी खेती हुने गरेको छ । गैडहवा गाउँपालिका वडा नं. ७ का वडा सदस्य जगन्नाथ केवटका अनुसार त्यहाँका करिव ६५ प्रतिशत किसान तरकारी खेती गर्छन । किसानले ठूलो लगानी र मेहनत गरेर तरकारी उत्पादन गरेपनि लागत अनुसारको मुल्य पाउन नसकिरहेको वडा सदस्य केवटले पनि बताउनु भयो । गाउँपालिकाले किसानलाई केही मात्रामा अनुदान उपलब्ध गराएको बताउँदै किसानले गोदाम (कोल्ड स्टोर) माग गरेकाले किसानको मागलाई सम्बोधन गर्नकालागि गाउँपालिकामा पहल गरिरहेको उहाँले बताउनु भयो ।

≪ Previous Post

सरोकारवाला निकायलाई सचेतना विना ल्याईएका ऐन नियम कार्यान्वयनमा कठिनाई

Next Post ≫

प्रदेश पदक सम्बन्धी विधेयकमाथिको छलफल लम्बियो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क