Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ प्रदेश पदक सम्बन्धी विधेयकमाथिको छलफल लम्बियो
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश पदक सम्बन्धी विधेयकमाथिको छलफल लम्बियो

संसारपोस्ट संवाददाता · २० श्रावण २०७६ · 0
प्रदेश पदक सम्बन्धी विधेयकमाथिको छलफल लम्बियो
60
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, २० साउन । प्रदेशसभाको प्रदेश मामिला तथा कानून समितिको बैठकमा प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल लम्बिएको छ ।
प्रदेश प्रमुखको नाममा रहने प्रदेश प्रमुख जनसेवा पदक र मुख्यमन्त्रीको नाममा रहने मुख्यमन्त्री प्रज्वलदीप पदक राख्न आवस्यक छ कि छैन भन्ने विषयमा थप छलफल गर्नुपर्ने भन्दै बैठक लम्बिएको हो । पदक सिफारिस समितिमा कति जना रहने भन्ने विषयमा समेत छलफल जारी रहेकोले पनि छलफल लम्बिएको हो ।
सिफारिस समितिमा विधेयकमा व्यवस्था गरिएका भन्दा सदस्य संख्या थप्नुपर्ने भनि दुई जना प्रदेशसभा सदस्यहरुले संशोधन दर्ता गराएका थिए ।
प्रदेश प्रमुख राष्ट्रपतिको भूमिकामा भए पनि राष्ट्रपति जस्तो राजनीतिक व्यक्तित्व नभएर संघीय सरकारको प्रतिनिधिको रुपमा प्रदेशमा आएकोले प्रदेश प्रमुखको नाउमा पदक राख्न उपयुक्त हुन्छकी हुदैन भन्ने विषयमा समिति सदस्यहरुबीच फरक फरक धारणा आएपछि सो विषय सोमबार टुंगिन सकेन ।
मुख्यमन्त्री आफैमा कार्यकारी र महत्वपूर्ण पद भए पनि मुख्यमन्त्रीको नाउबाट पदक राख्दा आगामी दिनमा ७ सय ६१ स्थानीय तहमा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतका नाउमा पनि पदक स्थापना हुदै जाने अवस्था आउने र पदककै गरिमा घट्न सक्नेतर्फ समितिका एक सदस्यले ध्यानाकर्षण गराएका थिए ।
आइतबार देखि सुरु भएको विधेयकमाथिको दफावार छलफल पुन मंगलबार बिहान प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसीको उपस्थितिमा बसेर टुंगो लगाउने तयारी भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बैठकमा प्रदेश प्रमुख जनसेवा पदक र मुख्यमन्त्री प्रज्वलदीप पदकको दिर्घकालीन असर के हुन्छ भन्ने बिषयमा सोच बिचार गर्नुपर्ने धारणा आए पनि ति पदक राख्नै हुन्न भन्ने कोणबाट भने कुरा उठेन । यसैबीच प्रदेशसभाको अर्थ, उद्योग तथा पर्यटन समितिको बैठकमा पनि प्रदेश साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफल भएको थियो । सो विधेयकमाथि पनि आइतबारदेखिनै दफावार छलफल सुरु भएको हो ।

≪ Previous Post

हरियो तरकारी किसानको उत्पादन, व्यापारीको रजाईं

Next Post ≫

नवलपरासीमा विप्लवका जिल्ला सदस्य पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क