Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सरोकारवाला निकायलाई सचेतना विना ल्याईएका ऐन नियम कार्यान्वयनमा कठिनाई
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

सरोकारवाला निकायलाई सचेतना विना ल्याईएका ऐन नियम कार्यान्वयनमा कठिनाई

संसारपोस्ट संवाददाता · २० श्रावण २०७६ · 0
सरोकारवाला निकायलाई सचेतना विना ल्याईएका ऐन नियम कार्यान्वयनमा कठिनाई
90
SHARES
ShareTweet

बुटवल २० साउन
नेपाल सरकारले हालै संचालनमा ल्याएको भिसिटिएस प्रणाली लगायतका विषयमा सरोकारवाला व्यवसायीलाई सचेतना विना ल्याईएकाले समस्या आएको बताएका छन ।
उनिहरुले सरकारले ल्याउने नयाँ ऐन नियममा सम्बन्धीत निकायलाई जानकारी नगराईकन ल्याउदा कार्यान्वयनमा समस्या आउने गरेको धाररणा राख्नु भएको थियो ।
रुपन्देही व्यापार संघको आयोजनामा सोमवार बुटवलमा भएको नेपाल सरकारले हालै ल्याएको भिसिटिएस प्रणाली,योगदानमा आधारित सामाजिक सुरक्षा कोष , परिवर्तित वाणिज्य नीति र परिवर्तित कर नीतिका विषयमा आयोजित कार्यक्रममा सरोकारवालालाई जानकारी र सचेतना विना ल्याउदा कार्यान्वयनमा जटिलता देखिएको औल्याएका थिए ।
कार्यक्रममा भिसिटिएस प्रणाली बिषयमा राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय राना ,योगदानमा अधारित सामाजिक सुरक्षा कोषको विषयमा श्रम तथा रोजगार कार्यालय बुटवलका कार्यालय प्रमुख अन्नतराम मरासिनी ,वाणिज्य नितीका विषयमा बाणिज्य कार्यालय भैरहवाका कार्यालय प्रमुख रुद्रप्रसाद ज्ञवाली र मुल्य अभिवृद्धि कर सम्बन्धी विषयमा आन्तरीक राजश्व कार्यालय वुटवलकी कर अधिकृत पवित्रा बञ्जाडेले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी व्यावसायीहरुले राखेका गुनासा तथा प्रश्नहरुलाई सम्बन्धित निकायका अधिकृतले सहजिकरण गर्नु भएको थियो । सहजकर्ताहरुले सरकारले ल्याएको प्रणाली स्वयं व्यावसायीहरुका लागी नै सहज हुने हुँदा कार्यान्यन गर्नका लागि आग्रह गर्नुभएको थियो । कार्यक्रममा संघका संस्थापक अध्यक्ष मोतिराज ज्ञवालीले सरकारले व्यावसायीहरुका लागी ल्याईएका नीतिहरु लागु गर्न प्रतिबद्ध रहेको र नीतिहरु राम्रो भएपनि तुरुन्त लागु गर्न केही कठीनाइहरु रहेकोले ती कठीनाइहरुलाई यथाशिघ्र समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रम संघका अध्यक्ष पदमप्रसाद श्रेष्ठको अध्यक्षता,प्रथम उपाध्यक्ष कृष्ण प्रसाद घिमिरेको धन्यवाद एवम कार्यवाहक महासचिव दयानिधी भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

≪ Previous Post

बागलुङ बडीगाडको कृत्रिम ताल फुट्यो

Next Post ≫

हरियो तरकारी किसानको उत्पादन, व्यापारीको रजाईं

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क