Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव, मध्य तथा पश्चिम तराईमा भोलीसम्म ‘लु’ चल्ने
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव, मध्य तथा पश्चिम तराईमा भोलीसम्म ‘लु’ चल्ने

संसारपोस्ट संवाददाता · २ असार २०८० · 0
पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव, मध्य तथा पश्चिम तराईमा भोलीसम्म ‘लु’ चल्ने
140
SHARES
ShareTweet

काठमाण्डौ । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका मध्य तथा पश्चिम तराईमा भोलीसम्म नै तातो हावा ‘लु’ चल्ने जल तथा मौषम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन सुस्त गतिमा रहेकोले मध्य तथा पश्चिम तराईमा अत्याधिक गर्मी यथावत् नै रहने मौसमविदको भनाई छ ।
मौषम विदका अनुसार मनसुन पश्चिमतिर फैलिन केही दिन लाग्छ । मनसुन प्रणाली केही कमजोर रहे पनि केही ठाउँमा पानी पर्नेछ । मनसुन फैलिन अनुकूल अवस्था नहुँदा पश्चिमतिर फैलिन नसकेको मौसमविद्को भनाई छ ।
अहिले देशको पूर्वी तथा मध्य भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी ठाउँमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
गएको जेठ ३१ गते बुधबार नेपालको पूर्वी भेग भएर मनसुन भित्रिएको थियो । मनसुन क्रमिकरुपमा फैलिरहेको र यो देशभर फैलिन अझै केहि दिन लाग्ने महाशाखामा मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।
अहिले देशका पहाडी क्षेत्रमा मौसम बदली भएको छ । कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा र बाँकी थोरै पहाडी भागमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् झालेउनुभयो । उहांका अनुसार आज राति कोशी प्रदेशको एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ ।

 

≪ Previous Post

कर्तब्य ज्यान मुद्धाका फरार अभियुक्त काठमाडौंवाट पक्राउ

Next Post ≫

स्कारपियो गाडी दुर्घटनामा स्याङ्जा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क