Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम शुक्रबार
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम शुक्रबार

संसारपोस्ट संवाददाता · २४ जेष्ठ २०८० · 0
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम शुक्रबार
60
SHARES
ShareTweet

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी वर्षका लागि नीति तथा कार्यक्रम जेठ २६ गते शुक्रबार ल्याउने भएको छ ।

प्रदेश सरकारले यसअघि बिहीबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरे पनि एकदिन ढिला गरि शुक्रबार मात्रै ल्याउन लागेको हो । नीति तथा कार्यक्रम सार्वजनिक गर्ने प्रयोजनका लागि बिहीबारका लागि बोलाइएको प्रदेश सभाको बैठक स्थगित गरि शुक्रबार सारिएको छ ।

प्रदेश सरकारले रोजगारी र व्यावसायिक कृषिलाई प्राथमिकता दिने गरी नीति कार्यक्रम ल्याउन लागेको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले जानकारी दिनुभयो ।

प्रदेश सरकारले एक वर्षमा उद्योग, भौतिक पूर्वाधार, विकासलगायतका काममा २ लाख जनालाई रोजगारी दिने किटान गरेरै नीति कार्यक्रमको तयारी गरेको उहांको भनाइ छ ।
रोजगारीका क्षेत्र किटान गरेर गरिब, सीमान्तकृत, अल्पसंख्यक, मुक्त कमैया, कमलरी, महिलालगायतलाई रोजगारीमा प्राथमिकता दिइनेछ । नीति तथा कार्यक्रममा प्रदेशको वन र खानीलाई उपयोग गरी त्यसबाट आर्थिक उपार्जन गर्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको मन्त्री पाण्डेले बताउनुभयो ।

नीति तथा कार्यक्रममा नयाँ कार्यक्रमका रुपमा मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम समावेश गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।

≪ Previous Post

रुपन्देही प्रहरीद्वारा ११ लाख बढिको अवैध सामान बरामद गरी भन्सार चलान

Next Post ≫

रुपन्देहीको देवदहमा तीनदिने मिडिया फेस्टिवल सुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क