Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रुपन्देहीको देवदहमा तीनदिने मिडिया फेस्टिवल सुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको देवदहमा तीनदिने मिडिया फेस्टिवल सुरु

संसारपोस्ट संवाददाता · २४ जेष्ठ २०८० · 0
रुपन्देहीको देवदहमा तीनदिने मिडिया फेस्टिवल सुरु
60
SHARES
ShareTweet

नेता र प्रशासकमा ब्याप्त अहंकार र दम्भका कारण सुशासनमा समस्या : सभामुख घर्ती

देवदह । रूपन्देहीको देवदह नगरपालिकामा आजदेखि देवदह मिडिया फेस्टिवल सुरु भएको छ । नेपाली पत्रकारिताः अभाव र अबको बाटो लगायतका विषयमा छलफल गरी निष्कर्ष निकाल्ने उद्देश्यले फेस्टिवलको आयोजना गरिएको हो ।

देवदह प्रेस क्लबको आयोजनामा सञ्चालित मिडिया फेस्टिवलको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले उद्घाटन गर्नुभयो । फेस्टिवलको उद्घाटन गर्दै सभामुख घर्तीले मुलुकमा सुशासन कायम गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

राजनीतिक दलका नेता र प्रशासकमा ब्याप्त अहंकार र दम्भका कारण सुशासनमा समस्या देखिएको भन्दै सभामुख घर्तीले पत्रकारहरूले त्यसलाई चिर्नुपर्नेमा जोड दिनुभयो । पद,प्रतिष्ठा र पैसाको लोभले समाज अराजकतातर्फ उन्मुख भएको भन्दै उहांले समाजलाई सहि दिशामा ल्याउन पत्रकारहरूले कलम चलाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सबैले सकारात्मक सोचको विकास गर्न आवश्यक रहेको भन्दै सभामुख घर्तीले लुम्बिनी प्रदेशले सामाजिक सेवा ऐन ल्याएर सभ्य समाज निर्माण गर्ने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य खड्क बहादुर खत्री,देवदह नगरपालिकाका नगर प्रमुख ध्रुघ प्रसाद खरेल, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेल, सिद्धिचरण भट्टराई, यम राना, नारायण भण्डारीलगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले आ आफ्नो भनाइ राख्नुभएको थियो ।

तीनदिनसम्म चल्ने कार्यक्रममा नेपाली पत्रकारिता : अभाव र अबको बाटो लगायतका बिषयमा छलफल गरेर ठोस निष्कर्ष निकाल्ने क्लबका अध्यक्ष विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

≪ Previous Post

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम शुक्रबार

Next Post ≫

अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलका मासु पसलमा अनुगमन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क