Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देही प्रहरीद्वारा ११ लाख बढिको अवैध सामान बरामद गरी भन्सार चलान
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही प्रहरीद्वारा ११ लाख बढिको अवैध सामान बरामद गरी भन्सार चलान

संसारपोस्ट संवाददाता · २४ जेष्ठ २०८० · 0
रुपन्देही प्रहरीद्वारा ११ लाख बढिको अवैध सामान बरामद गरी भन्सार चलान
110
SHARES
ShareTweet

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी ल्याउंदै गरेको ११ लाख ४७ हजार ७ सय मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जेठ २२ गते अपरान्ह ४ वजेको समयमा जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १ भगवानपुरबाट लु १ च ३५२२ नं. को बोलेरो पिकअप गाडीमा ल्याउंदै गरेको अवस्थामा ७ लाख ७ हजार ७ सय मूल्य बराबरको काठको ढोका ५ वटा, पेन्ट ३ बाल्टी (५० लिटर) र टायल ४० पेटी बरामद गरी आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय वेलहिया बुझाएको छ ।
यस्त जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जेठ २२ गते सांझ ६ बजेको समयमा सिद्धार्थनगर नगरपालिका वडा नं. ७ आवारोडमा भारतबाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी लु १ ह २६४३ नं. को अटो रिक्सामा ल्याउंदै गरेको अवस्थामा ४ लाख ४० हजार मूल्य बराबरको २४ पेटी टायल बरामद गरेको छ ।
प्रहरीले सामान सहित सामान ल्याउने भारत जिल्ला महाराजगंज थाना फरेन्दा घर भई हाल जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. १३ भैरहवा बसपार्क बस्ने वर्ष २४ को औरेन्ज चौहानलाई समेत नियन्त्रणमा लिई सामान सहित आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय वेलहिया बुझाएको छ ।

≪ Previous Post

रोयल ईन्फिल्ड बुलेटको दुई नयाँ मोडलका बाइक बजारमा

Next Post ≫

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम शुक्रबार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क