Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोयल ईन्फिल्ड बुलेटको दुई नयाँ मोडलका बाइक बजारमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोयल ईन्फिल्ड बुलेटको दुई नयाँ मोडलका बाइक बजारमा

संसारपोस्ट संवाददाता · २४ जेष्ठ २०८० · 0
रोयल ईन्फिल्ड बुलेटको दुई नयाँ मोडलका बाइक बजारमा
80
SHARES
ShareTweet

बुटवल । युवाहरुको रोजाईमा पर्ने रोयल ईन्फिल्डको नयाँ दुई मोडलका बाईकहरु बुटवल बजारमा लन्च गरिएको छ । क्लासिक ३५० र रोयल इन्फिल्ड हिमालयन स्क्राम ४११ सिसि गरि दुई नयाँ भेरियन्टका बाईक लन्च गरिएको हो ।
लुम्बिनी प्रदेशको आधिकारिक वितरक गैरे प्रतिष्ठान प्रालिले बुधबार नयाँ दुई मोडलका बाईकहरु बुटवल कालिकानगरमा लन्च गरेको हो ।
क्लासिक ३५० सिसिको बजार मूल्य ४ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसको पिएच विएस ६ तथा यसको क्षमता ३४९ सिसिका साथै एफआई इन्जिन रहेको छ । यसैगरि रोयल इन्फिल्ड हिमालयन स्क्राम ४११ को बजार मूल्य ६ लाख ६० हजार रुपैयाँ रहेको छ ।
गैरे प्रतिष्ठान प्रा.लि.का अध्यक्ष प्रेमराज गैरेले नेपालमै एसेम्बल प्लान्ट स्थापना भएसंगै नेपाली बजारमा क्लासिक ३५० सिसिको मूल्य १ लाख ५१ हजार रुपैयाँ घटेर आएको बताए । उनले स्क्राम ४११ मा रोयल इन्फिल्ड मेटियर ३५० मा जस्तै इन्स्ट्रयुमेन्ट कन्सोल एक सेन्टिमिटर डिजिटल युनिट जस्तै रहेको बताए । मुख्य इन्स्ट्रयुमेन्ट पोडमा फ्युल गेज, टाइम, ट्रिपमिटर, ओडोमिटरका लागि डिजिटल रिड आउटका साथ एनालग स्पिडोमिटर, बे्रकिङ सिस्टमको लागि फ्रन्टमा ट्विन पिस्टन क्यालिपर सहित ३०० एमएम डिस्क र रियर सिंगल पिस्टन क्यालिपर सहित २४० एमएम डिस्क रहेको उनले बताए ।
अध्यक्ष गैरेका अनुसार बाइकको सिटको उचाई हिमालयन भन्दा ५ एमएम कम छ भने ग्राउण्ड क्लियरेन्स २०० एमएम रहेको छ । स्क्राम ४११ सात रङमा उपलब्ध छ भने ग्रेफाइट थिम ३ रङमा उपलब्ध रहेको छ ।
स्क्राम ४११ मा पावरका लागि हिमालयन जस्तै ४११ सिसि सिंगल सिलिण्डर इन्जिन दिईएको छ । जसले २४.३ बीएचपी पावर र ३२ एनएमको टर्क जेनरेट गर्दछ । कम्पनीले आफ्नो थ्रोटललाई पेपरियर परफर्मेन्सको लागि अलिकति ट्विक गरिएको भएपनि ५ स्पिड गियरवक्स भने कायमै राखेको छ । रोयल इन्फिल्ड हिमालयनमा आधारित भएपनि हिमालयको तुलनामा धेरै पविर्तन गरिएको छ । यो बाइकमा स्लिक हेडल्याम्प कभर, सानो ट्याङ्की एक्स्टेन्सन, ब्यास प्लेट, सिंगल पिस सिट र सिंगल पिस पिलियन ग्य्राव ह्यान्डल तथा फ्रन्टमा १९ इन्च टायर र रियरमा १७ इन्च टायर रहेका कम्पनिका म्यानेजर ध्रुव सापकोटाले जानकारी गराए । म्यानेजर सापकोटाले सन १९०१ देखि निरन्तर उत्पादन हुंदै आएको एकमात्र कम्पनी भएको बताए ।
नयाँ बाइकको एक समारोहका बिच गैरे प्रतिष्ठानका संरक्षक बालकृष्ण गैरे, प्रतिष्ठानका अध्यक्ष प्रेमराज गैरे, बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष हिमाल गैरे, प्रतिष्ठानका सञ्चालक लक्ष्मी गैरेले संयुक्त रुपमा सार्वजनिक गर्दै विक्री शुभारम्भ गरेका हुन् । नयाँ बाईक सार्वजनिक गरिएकै दिन बुधबार ४० थान बाइक बुक भएको र २० थान बाई डेलिभरी गरिएको गैरे प्रतिष्ठानले जनाएको छ ।

≪ Previous Post

घर फोडेर सुनका गरगहना र ई–रिक्साका ब्याट्री चोरी गर्ने चार जना पक्राउ

Next Post ≫

रुपन्देही प्रहरीद्वारा ११ लाख बढिको अवैध सामान बरामद गरी भन्सार चलान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क